नयाँ सरकार निर्माणका लागी देउवाले बोलाए बैठक

जनतापत्र, काठमाण्डौं ।
प्रधानमन्त्री केपी ओलीले विश्वासको मतमा पराजय भोगेसंगै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नु भएको छ । सोही क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसबारे छलफल गर्न बैठक राखेका छन्।
पुर्व प्रधानमन्त्री समेत रहेका देउवाले कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्र, जसपालगायत दलहरूका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन्।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्दा उनको पक्षमा ९३ मतमात्रै आएको थियो। विश्वासको मत नपाएपछि स्वतः प्रधानमन्त्री ओली पदमुक्त भएका हुन् ।
ओलीले विश्वासको मत गुमाएलगत्तै सोमबार नै सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नका लागि राष्ट्रपतिलाई आग्रह गरेका थिए।

 2,298 total views,  2 views today

Related posts