काङ्ग्रेस नेता बस्नेतले गरे१०० शय्याको निःशुल्क कोभिड–१९ सेवा केन्द्र स्थापना गर्ने घोषणा

जनतापत्र, चौतारा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मोहनबहादुर बस्नेतले  कोरोना महामारीले अप्ठ्यारो पार्दै गएको सन्दर्भमा १०० शय्याको निःशुल्क कोभिड–१९ सेवा केन्द्र स्थापना गरिने घोषणा गरेका छन । जिल्लाका पार्टी निकट समाजसेवी, बुद्धिजीवी, व्यवसायी र केही स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरी एक महिना भित्र नै सेवा सञ्चालन गरिने उनले बताए ।  “सेवा केन्द्रमा अक्सिजन र भेन्टिलेटरको व्यवस्था हुने छ । निकट भविष्यमा पिसिआर मेसिन पनि राखिने समेत जानकारी दिए ।
यश अघि बस्नेतले आफूले प्रयोग गर्दै आएको निजी कार एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिने घोषणा गरेका थिए ।

 1,130 total views,  2 views today

Related posts