आत्मासमर्पण क्रान्तिप्रती गद्दारी हो : भुषाल

जनतापत्र, काठमाडौ। एमालेका उपमहासचिव घनश्याम भुसालले अरुलाई गालि गरेर मात्र आफू राम्रो नहुने भन्दै कुनै हालतमा ओलि संग आत्मासमर्पण नगर्ने धारणा फेसबुक मार्फत सार्बजनिक गरेका छन ।
उनि लेख्छन

  • प्रचण्डलार्ई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ ।

आज हामी विरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुन:स्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन ।

विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मासमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।

 1,361 total views,  2 views today

Related posts