माधव नेपालसहित एमाले नेताहरुको कारबाही फुकुवा

जनतापत्र ,काठमाण्डौं ।
नेकपा एमालेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार वसेको वैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवाको निर्णय लिएको स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले वताएका छन ।

प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गरेपछि एकले अर्कालाई शत्रुतापूर्ण व्यवहार गर्दै आरोप–प्रत्यारोपमा उत्रिए । नेपालसहितले तत्कालीन नेकपा अध्यक्ष ओलीलाई पार्टी अध्यक्ष र साधारण सदस्यबाट समेत निष्कासन गरेका थिए ।

 1,525 total views,  2 views today

Related posts