द साल्भेशन मिसनद्वारा सिन्धुका दुई स्थानिय तहलाई स्वास्थ्य सामाग्री बितरण

जनतापत्र, मेलाम्ची ।
द साल्भेशन मिसनद्वारा सिन्धुपाल्चोक जिल्लाका दुई स्थानिय तहहरुलाई स्वास्थ्य सामाग्री बितरण गरिएको छ ।
मेलम्ची नगरपालिकालाई ४० लिटर भरियको अक्सिजन सिलिन्डर, रेगुलटर, ५ हजार थान सर्जिकल मास्क, १० लिटर स्यानिटाइजर, ५ बक्स सर्जिकल ग्लोब्स, २५ थान पि.पि.इ. सेट, २५ थान फेस शिल्ड लगायतका अत्यावस्यक स्वास्थ्य सामाग्रीहरु नगरप्रमुख श्री डम्बर अर्याललाई हस्तान्तरण गरिएको छ ।
यसैगरी जिल्लाको जुगल गाउंपालिकाको चनौटे स्थीत क्वारेन्टाइन हाउसलाई १० थान हस्पिटल बेड सेट, २५÷२५ थान पि. पि. इ. र फेस शिल्ड, १५ लिटर स्यानिटाइजर, २५साय थान सर्जिकल मास्क र कोभिड बिरामीको खाना ब्यबस्थापनाको निमित्त रु १ लाख २०हजार नगद लगायत कोभिड–१९ सम्बन्धीको जनचेतना जगाउने पम्प्लेट सो गाउँपालिका उपाध्यक्ष सिर्जना तमाङलाई हस्तान्तरण गरिएको छ ।

साथै यस मिसनले प्रदेश १ को सुनसरी, मोरङ र झापा जिल्ला, बागमती प्रदेशको रामेछाप, धादिङ, नुवाकोट, काठमाण्डांै, ललितपुर र भक्तपुर जिल्ला र गण्डकी प्रदेशको लमजुङ् जिल्लामा पनि कोभिड–१९ को लागि अत्यावस्यक स्वास्थ्य सामाग्रीहरु र अती आवश्यकता मा परेका परिवारहरुलाई खाध्य सामाग्रीहरु बितरण गरेको र गर्ने क्रममा रहेको जानकारी मिसनका कार्यकारी निर्देशक हरिराम सुनुवारले जानकारी दिनुभयो ।
मिसनको यस कोभिड रेस्पोन्स कार्यक्रमहरु समाज कल्याण परिषदको निर्देशन अनुसार गरिएको र यस कार्यक्रम बाट न्युनतम १५ हजार नागरिकहरु लाभन्वित हुने अपेक्षा गरिएको पनि सुनुवारले जानकारी दिनुभयो ।

 2,785 total views,  2 views today

Related posts