प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रले गर्यो ,स्वास्थ्य सामग्री वितरण

जनतापत्र, चौतारा ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले चौतारा अस्पतालमा रहेको आइसोलेशन केन्द्रहरुमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।
चौतारा अस्पतालको आइसोलेसन सेन्टरमा संस्थाले पिपिइ, अक्सिमिटर, माक्स्, सेनिटाइजर, स्टिमर मेसिन, थर्ममिटर, गमवुट, साबुन लगाएतका स्वास्थ्य सामाग्रीहरू जिल्ला समन्वय समितिको प्रमुख कृष्णगोपाल तमाङको हातबाट हस्तान्तरण गरिएको थियो ।
सो कार्यक्रममा चौतारा सागाचोकगढी नगरपालिकाको उपप्रमुख जानुका पराजुली, वडा नं ५ का वडा अध्यक्ष नरमान श्रे्रेष्ठ, चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष इश्वरी श्रेष्ठ, जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईं, चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर करुणा बज्राचार्य लागायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।
कोभिडको महामारीमा संस्थाले गरेको सहयोग चौतारा सागाचोकगढी नगरपालिकाको उपप्रमुख जानुका पराजुलीले अतुलनीय रहेको वताउनुभयो ।
चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष इश्वरीप्रसाद श्रेष्ठले महामारीको समयमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी तथा कोरोना संक्रमित विरामीले प्रयोग गर्न मिल्ने गरी हस्तान्तरण गरीएको यस्ता सामग्रीले कोरोना विरुद्धको सहकार्यमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने वताउनुभयो । कोरोना महामारीको समयमा स्वास्थ्य संकट भोगिरहेको सिन्धुपाल्चोकमा केन्द्रले कोभिड १९ रोकथाम तथा प्रतिकार्यका लागि स्वास्थ्य सामग्री वितरण गरेको हो । केन्द्रले सिन्धुपाल्चोकमा कोभिड अस्पतालको रुपमा सेवा दिइरहेको सिन्धु सदावहार अस्पताल, खाडीचौर र चौतारा अस्प्ताल, चौतारामा सामग्री वितरण गरेको हो ।

संस्थाले जुगलमा रहेको रत्नराज्य आइसोलेशन केन्द्रमा समेत स्वास्थ्य सामग्री वितरण गर्ने केन्द्रका राष्ट्रिय स्रोतव्यक्ति नेत्र धितालले वताउनुभयो ।
मेलमिलापको क्षेत्रमा काम गरिरहेको संस्थाले कोरोना महामारीको समयमा आफ्नो कार्यक्षेत्रमा प्रतिकार्यको लागि हातेमालो गर्नु मानवीय कर्म रहेको धितालले वताउनुभयो ।

 2,299 total views,  2 views today

Related posts