ओलीले गरे एकताको आह्वान, माधव समूह भन्छ – जालमा परिन्न

जनतापत्र,काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको आह्वान गरेका छन ।
अध्यक्ष ओलीले माधव समूहको आधारभूत माग पूरा गर्दै पार्टीलाई ३ जेठको अवस्थामा फर्काउने घोषणा गर्दैै विगतका काम–कुरालाई लिएर पार्टीमा कसैलाई कारवाही नगर्ने प्रतिवद्धता पनि उनले जनाएका छन् ।
ओलीको वक्तव्य आएपछि युवा नेता योगेश भट्टराईले तत्काल प्रतिक्रिया दिँदै एकता प्रस्तावको स्वागत गरेका थिए । उनले ‘एकता आह्वान मुलतः सकारात्मक छ । यसले पार्टीका शीर्ष नेतृत्वबीच सार्थक संवाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षा गर्छु ।’
माधव पक्षले भने ओलीको वक्तव्यलाई सकारात्मक नभएको र केवल अदालतमा आफूविरुद्धको मुद्दा कमजोर पार्नका लागि ओलीले ‘नयाँ चाल रचेको’ उनीहरुको ठहर छ ।
ओलीले पार्टी एकताका लागि गरेको आह्वानलाई माधव नेपाल पक्षले खारेज गरेको छ । अध्यक्ष ओलीले विभिन्न सर्तसहित एकताका लागि आह्वान गरेका थिए । सो आह्वान पत्रमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागसहित सर्वोच्च अदालतमा दायर गरिएको रिट फिर्ता लिनुपर्ने लगायतका बुँदा छन् । तर केपी ओलीले संसद विघटन गलत थियो भनेर स्वीकार नगरेकोप्रति नेपाल पक्ष रुष्ट छ ।

 4,831 total views,  2 views today

Related posts