एमाले नेताहरुको समन्वयमा पुर्वमन्त्री अरुण नेपालद्धारा स्वास्थ्य सामग्री वितरण

जनतापत्र, सुनकोसी

वागमती प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य अरुण नेपालले जिल्लाका अस्पताल, स्वास्थ्यचौकी र पालिकाहरुमा स्वास्थ्य सामाग्री बितरण गर्नुभएको छ । एमालेका नेता टपेन्द्र तिमल्सिना, लिसखु गाउँपालिका अध्यक्ष कमल नेपाल,नेकपा एमाले सुनकोशि गाउँपालिका अध्यक्ष प्रेमलाल लामाहरुको समन्वयमा सुनकोसी गाउँपालिका वडा न. २, वडा न. ७ लामोसाघु, सदाबहार अस्पताल खाडीचौरमा स्वास्थ्य सामाग्री बितरण गरिएको हो ।
त्यसै गरी जिल्लाको बाह्रबिसे नगरपालिकाको वडा न. १,२,३,५ र ७ मा पनि स्वास्थ्य सामाग्री बितरण गरिएको छ । जलबिरे, खाडीचौर र बाह्रबिसे अस्पतालमा अक्सिजन उत्पादन गर्ने कन्सेटेसर,अक्सिजन सिलिन्डर लगाएत अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु बितरण गरिएको एमालेका नेता टपेन्द्र तिमल्सिनाले बताउनु भयो ।
स्थानिय नागरिकहरुलाई संक्रमणबाट जोगाउन र संक्रमितहरुलाई सहज उपचारको ब्यवस्थापन गर्न स्थानीय अस्पताल र स्वास्थ्य चौकीहरुमा औषधि, अक्सिजन र स्वास्थ्य सामाग्री आफै लिएर वितरण गर्न नेता नेपाल जानुभएको हो ।

 6,790 total views,  2 views today

Related posts