द्वन्द्व रुपान्तरण केन्द्रका कार्यकारी निर्देशक थापा भन्नुहुन्छ -कोभिड १९को रोकथाम तथा प्रतिकार्यमा सवै लागौं

जनतापत्र, चौतारा ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रका कार्यकारी निर्देशक चुपवहादुर थापाले वाह्रविसे नगरपालिकाको आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ ।
कोरोना महामारीको समयमा स्वास्थ्य संकट भोगिरहेको सिन्धुपाल्चोकमा केन्द्रले कोभिड १९ रोकथाम तथा प्रतिकार्यका लागि सवै लाग्नुपर्ने वताउनु भएको छ ।


स्वास्थ्य सामग्री नगरका उपप्रमुख शुसिला पाख्रिनलाई हस्तान्तरण गर्दे कार्यकारी निर्देशक थापाले संस्थाले सकेको सहयोग आइसोलशन केन्द्रहरुमा वितरण गर्दैरहेको वताउनु भएको छ ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले जिल्लाका विभिन्न आइसोलशन केन्द्रहरुमा स्वास्थ्य सामग्री वितरण गर्ने क्रममा जुगलमा रहेको रत्नराज्य मावि आइसोलेसन सेन्टर, चौतारा अस्पतालको आइसोलेसन सेन्टर, खाडिचौरको न्यू सदााहार अस्पतालको आइसोलेसन सेन्टर लगायतमा पनि सामग्री वितरण गरेको हो ।


संस्थाले पिपिइ, अक्सिमिटर, माक्स्, सेनिटाइजर, स्टिमर मेसिन, थर्ममिटर, गमवुट, साबुन लगाएतका स्वास्थ्य सामाग्रीहरू सामग्री आइसोलेसन सेन्टरमा वितरण गरेको छ ।
मेलमिलापको क्षेत्रमा काम गरिरहेको संस्थाले कोरोना महामारीको समयमा आफ्नो कार्यक्षेत्रमा प्रतिकार्यको लागि हातेमालो गर्नु मानवीय कर्म रहेको संस्थाकाका राष्ट्रिय स्रोतव्यक्ति नेत्र धितालले वताउनुभयो ।

 6,246 total views,  4 views today

Related posts