माकुराले मिलायो चौताराको खानेपानी विवाद

जनतापत्र, चौतारा ।
चौतारा साँगाचोक गढी नगरपालिका वडा नं १, स्याउलेमा रहेको खानेपानी मुहान दर्ता तथा उपयोग सम्बन्धि द्वन्द्व रुपान्तरण भएको छ ।
लामो समय देखि सिमडाँडा खानेपानीको मुहान दर्ता र उपयोगको विषयमा यार्सा र वल्दाङ समुदायवीच विवाद भएको थियो । खानेपानी छलफल नै नगरी लगेको विषयवाट सुरुभएको सो द्धन्द्धले दुवै समुदायमा विकराल अवस्था र्सिजना भएको थियो ।
सो विवादलाई चौतारा साँगाचोक गढी नगरपालिका वडा नं १को कार्यालयले प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपाललाई समाधानको लागी पत्र पठाएपश्चात संस्थाले द्धन्द्ध रुपान्तरण प्रकृयामा काम गरेको थियो ।
प्रकृया गत रुपमा माकुरा समुहले विवादलाई विविध विषयमा सहमती जुटाएको छ । पक्षसंगको निरन्तर समाधानका लागी भएको छलफलमा, यार्सा र वल्दाङ दुवै समुदायको संग्लनतामा समिति बनाई सिमडाँडा खानेपानी मुहानलाई सम्वन्धीत निकायमा २०७८ मंसिर ३० गते भित्र दर्ता गरिने, यार्सा र वल्दाङ दुवै समुदायको संग्लनतामा खानेपानीलाई व्यवस्थीत गर्न लागी पर्ने र त्यसको लागी सम्वन्धीत निकायमा आर्थिक सहयोगको लागी पहल गरिने , सोही खानेपानी संचालनको क्रममा पहिला भएको नगद तथा जेन्सी सामाग्री कात्तिक मसन्ता भित्र वोझवुदार्थ गरिने , हाल लगीरहेको सिमडाँडा खानेपानी वल्दाङ समुदायमा व्यवस्थापन गर्ने र आबश्यकताको आधारमा यार्साका समुदायमा खानेपानी व्यवस्थापन गर्न दुवै पक्ष प्रतिवद्ध रहने छौं साथै माथीका उल्लेखीत वुदाँहरु कार्यन्वयनको लागी हामी द्धन्द्धरत दुवै पक्षहरु तथा सरोकारवाला निकायहरु नगरपालिका तथा वडा कार्यालय, सव डिभिजनल वन कार्यलयहरु प्रतिवद्ध रहि यसै आर्थिक वर्ष कार्यान्वयनको लागी अघि वढिने कुरा सहमति पत्रमा उल्लेख गरिएको छ ।


सो कार्यक्रममा प्रमुख अतिथी तथा चौतारा साँगाचोक गढी नगरपालिका उपप्रमुख जानुका पराजुलीले वहुसरोकारवाला विवादमा प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालले गरेको सहजीकरणप्रति आभारी रहेको वताइन । समाजमा यस्ता धेरै विवाद हुन्छन त्यसलाई द्धन्द्ध रुपान्तरण प्रकृयावाट समाधान गर्दा विश्वाशिलो र दिगो हुने समेत वताइन ।
कार्यक्रमका विशेष अतिथी तथा चौतारा साँगाचोक गढी नगरपालिका वडा १ का अध्यक्ष सानुकान्छा श्रेष्ठले विवादलाई सवैले जित्ने गरी सहमति जुटाएकोमा माकुरा समुह र संस्थालाई धन्यवाद व्यक्त गर्नु भएको छ । सो कार्यक्रममा माकुरा समुहलाई सम्मान गरिएको थियो ।

 6,831 total views,  2 views today

Related posts