इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष अधिकारीको निधन

जनतापत्र,चौतारा ।
इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मिरा लामा अधिकारीको शनिबार बिहान उपचारको क्रममा निधन भएको छ । कांग्रेस जिल्ला सभापति विकास लामाकी श्रीमतीसमेत रहेकी अधिकारी लामो समयदेखि क्यान्सरका कारण निधन भएको हो ।
उपचारका क्रममा शनिबार बिहान ७ बजे काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उनको निधन भएको उनको परिवारले वताएको छ । ५१ वर्षीया अधिकारीका ३ छोरी छन् ।

 7,303 total views,  4 views today

Related posts