बालकृष्ण श्रेष्ठ जि.स.स सिन्धुपाल्चोक प्रमुखमा निर्वाचीत


जनतापत्र, चौतारा ।
कांग्रेस र एकिकृत समाजवादीको गठबन्धनको प्यानल नै सिन्धुपाल्चोक जिल्ला समन्वय समितिमा निर्वाचित भएको छ । आईतबार सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ १३ मत ल्याई निर्वाचित भए ।
उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश वि.क ले १० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार विकलाई एमालेको समर्थन थियो । उपप्रमुखमा गठबन्धनबाट समाजवादीका पदम नाथ नेपाल १३ मत प्राप्त गरी विजयी भए । नेपालका प्रतिस्पर्धी एमालेका उम्मेदवार जंग प्रताप सिलवाल (जेपी) ले ११ मत प्राप्त गरे । उपप्रमुखमा निर्वाचित नेपाल स्थानीय तह निर्वाचनमा बलेफी गाउँपालिका ४ विन्जेलबाट वडा सदस्यमा निर्वाचीत भएका थिए ।
समन्वय समितिको सदस्यमा समाजवादी र काग्रेस गठबन्धनबाट जित बहादुर कार्की, बलराम केसि, विक्रम तामाङ, अम्बिका बस्नेत ,ढक माया सेतो कोईराला, सोममाया श्रेष्ठ, तारा नेपालीले १३÷१३ मत प्राप्त गरेका छन् ।

कुल २४ मत मध्य जिसस चुनावमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच गठबन्धन हुदा ११ मत थियो । तर सदस्य तर्फको मतदानमा एमालेले माओवादीलाई र माओवादीले एमालेलाई धोका दिएको मत परिणामले देखाएको छ । सदस्य तर्फ माओवादीका
उम्मेदवार एम बहादुर पौडेलले ४, संजीव तामाङले ३ मत मात्रै ल्याए । सदस्य तर्फ नै एमालेका राधिका तिमिल्सीनाको ५ ,सुनिल पौडेलको ४ र सुस्मीता तामाङको ५ मत मात्रै थियो ।

 1,711 total views,  2 views today

Related posts