सिन्धुपाल्चोकमा १३० वटा डिलर मार्फत मल प्रदान गरिने


जनतापत्र, चौतारा ।
सरकारले सिन्धुपाल्चोकमा जिल्लाभर १३० वटा डिलर मार्फत मल दिने भएको छ । युरिया १ हजार ४ सय २६ बोरा र डिएपी ६५० बोरा दिने भएको हो । कृषि सामग्री कम्पनी लिमिटेड धुलिखेल शाखाले सिन्धुपाल्चोक जिल्ला भर १३० वटा डिलर मार्फत जम्मा २ हजार ७६ बोरा मल दिने भएको हो ।
यता चौतारा सागाचोकगढी नगरपालिकामा २९ डिलरमार्फत सहकारीमा युरिया ८ र डिएपी ५ बोरा पाउने छ । पालिकामा युरिया २ सय ३२ र डिएपी १ सय ४५ बोरा पाउने भएको छ ।

मेलम्ची नगरपालिकामा ३३ डिलर मार्फत प्रती सहकारीमा युरिया ८ डिएपी ५ बोरा दिने भएको छ । यस्तै पालिकामा युसरया २ सय ६४ र डिएपी १ सय ६५ बोरा पाउने भएका छन् ।
यस्तै बाह्रबिसे नगरपालिकामा ६ डिलर मार्फत मल बिक्री गर्ने भए
को छ । प्रति सहकारी युरिया १५ र डिएपी ५ बोरा दिने भएको छ । यस्तै बाह्रबिसेले युरिया ९० र डिएपी ३० बोरा पाउने भएका छन् ।
यस्तै हेलम्बु गाउपालिकामा ७ डिलर मार्फत मल बिक्री गर्ने भएको छ । प्रति सहकारी युरिया १५ र डिएपी ५ बोरा दिने भएको छ । यस्तै हेलम्बुले युरिया १०५ र डिएपी ३५ बोरा पाउने भएका छन् ।

 2,339 total views,  2 views today

Related posts