तातोपानी नाकाबाट सामान ल्याउन ब्यापारीलाई सकस

प्रमिला बि.क ।
२०७२ सालमा आएको विनाशकारी भूकम्पपछि बन्द भएको तातोपानी नाका २०७६ जेठ १५ गते उद्धघाटन भएको थियो । नाका सञ्चालनमा आएसँगै चीनबाट सरसामान आयात गर्न सहज भएको थियो । तर लगातारका बाढी पहिरोका कारण जीर्ण बनेको सडक , कोरोना सक्रमण लगायतका कारण तातोपानी नाकाबाट आयात–निर्यात सहज नहुदा ब्यवसायी चीन्तामा छन् । कोभिडलाई कारण देखाउँदै झण्डै डेढ वर्षदेखि सिन्धुपाल्चोकको उत्तरतर्फको नाका हुँदै हुने व्यापारमा समस्या देखिएको छ । उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका निवर्तमान अध्यक्ष वेद वहादुर श्रेष्ठ बताएअनुसार, चीनले आफ्नोतर्फबाट हुने निर्यात पनि दैनिक कोटा तोकेर पठाउने गरेको छ ।

 1,147 total views,  2 views today

Related posts