चौतारामा धन्यवाद ज्ञापन तथा परियोजना समापन कार्यक्रम सम्पन्न


जनतापत्र, चौतारा ।
आज चौतारामा पारस्परिक जवाफदेहिता परियोजनाको समयावधी समापनको अवसरमा धन्यवाद ज्ञापन तथा परियोजना समापन कार्यक्रम सम्पन्न भएको छ । सामुदायीक सारथीको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख पदमनाथ नेपालको प्रमुख आतिथ्यतामा सञ्चालन भएको हो । कार्यक्रममा परियोजना अवधीभरमा भएका उपलब्धीको बारेमा परियोजना जिल्ला संयोजक उमेश विश्वकर्माले परियोजना अवधीमा भएका मूख्य उपलब्धी बारे बताउनु भएको थियो । परियोजनाले मुख्यतया नितिगत सुधार, सुशासन अभिवृद्धिका लागि सामाजिक जवाफदेहिताका औजारहरको प्रयोग तथा व्यवस्थापन र ससक्त नागरिक समाजको अभियानमा सहयोग पुगेको बताउनु भयो । त्यसैगरी कार्यक्रममा बोल्दै नागरिक सञ्जालका सदस्य आदीवासी जनजाती महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङ्गले साुमदायिक सारथीको यो परियोजनाले जिल्लामा नागरिक समाजको भूमिका बढेको बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै रेडियो सुनकोशीका स्टेशन प्रमुख यज्ञ दंगालले परियोजनाले विशेष गरि नागरिक सचेतनाको काम प्रशस्
त गरेका बताउनु भयो । क्षमता विकासको उदाहरणमा स्थानिय सभाको उपसंयोजक हाल बाह्रविसे नगरपालिकाको उपप्रमुख बन्नु यो एउटा मानक मान्न सकिने दगांल बताउनुहुन्छ । कार्यक्रममा अन्य अतिथिका रुपमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हरिबोल के.सी, शिक्षा विकास तथा समन्वय ईकाइका ईकाइ प्रमुख कृष्ण प्रसाद सुवेदी लगायतले परियोजनाले जिल्लामा सुशासनमा गरेको योगदानको कदर गर्दे आगामी दिनमा यस्तै अभियान अझ ससक्त बन्नु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख पदमनाथ नेपालले सामुदायिक सारथीको कार्यक्रममा प्रत्यक्षरुपमा संलग्न हुन नपाए पनि गरेको काम सुन्दा रामै्र काम भएको भन्दै प्रसंसा गर्नु भयो । उहाँले यस संस्थाले दिएको सुझावलाई मध्यनजर गर्दे आगामी दिनमा स्थानिय सरकारलाई पारदर्शि र जवाफदेहि बनाउन र जिल्ला समन्वय समिति संग जोडिएका अपुरा कामहरु पुर्ण गर्न पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।

 1,534 total views,  2 views today

Related posts