संसदीय प्रतिनिधिमण्डल अजरवैजान प्रस्थान


जनतापत्र, काठमाडौं ।
आज सभामुख सापकोटाको नेतृत्वको संसदीय प्रतिनिधिमण्डल अजरवैजानतर्फ प्रस्थान गरेको छ ।
बाकु अजरवैजानमा हुन गइरहेको यही असार १६ देखि १८ गतेसम्म असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनमा सभामुख सापकोटाको नेतृत्वको संसदीय प्रतिनिधिमण्डल सहभागी हुनको लागि अजरवैजानतर्फ प्रस्थान गरेको हो ।
प्रतिनिधिमण्डलमा सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र
राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक रहेका छन् । सापकोटासहितको टोलीलाई खानेपानी मन्त्री उमाकान्त चौधरीले विदाइ गरेका हुन् ।
असार १९ गते सम्मेलनमा सहभागी भएर सापकोटासहितको संसदीय प्रतिनिधिमण्डलस्वदेश फर्किने छ ।

 3,179 total views,  2 views today

Related posts