नेकपा फुटको सन्दर्भ -आलोचना केन्द्रीत वहस , पदका लागी पक्ष रोज्दै

टीका सुवेदी

टीका सुवेदी

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) अन्तत विभाजनको वाटो हिडेको छ । केन्द्र देखि वडा तह सम्म यतिवेला राजनैतिक लाईनका विषयमा वहस चलिरहेको छ । केपी वा प्रचण्ड नेपाल पक्ष भन्ने धार निर्माण गर्न र संगठित हुन कार्यकर्ताहरु लागी परेका छन । कोही पर्ख र हेरको अवस्थामा रहेका छन ।
सिन्धुपाल्चोक जिल्लाको सन्दर्भ पनि उस्तै छ । कसको पक्षमा को र कति भन्ने प्रचारात्मक अभियान दुवै पक्षले संचालन गरिरहेका छन । कार्यकर्ता लेवल पनि विस्तारै खुल्न थालेका छन । पक्षले आयोजना गरेको भेला तथा वैठकहरुमा उपस्थीती हुने गरेका छन ।
नेकपाका नेता तथा कार्यकर्ताहरु फुटको सन्देस वोकेर गाँउ गाँउ पुग्न थालेका छन । पुर्व एमाले र पुर्व माओवादी एक भएपछि कहिल्यै गाँउ नपुगेका नेताहरु पनि गाँउ, टोल पुग्न थालेका छन । राजनैतिक छलफलले व्यापकता पाएको छ । फेरी एकपटक जनताको मर्म छाम्न नेताहरु गाँउ फकिएका छन ।
आलोचना केन्द्रीत वहस
अरुको आलोचनामै नेताहरुको भाषण तथा छलफलहर सकिने गर्दछ । हामी के हौं ? हाम्रो विचार के हो ? र हाम्रो संगठनले के गर्छ भन्ने भन्दानी अर्को को हो ? अर्को ले के के विगारे ? भन्नेमै कुरा सकिन्छ । अरुको आलोचना गरेर आफू नेता होइदैन , आफैले कुसल नेतृत्व गर्नुपर्छ भन्ने भावना हराएको छ ।
कम्युनिष्ट कार्यकर्तामै पुग्न गाह्रो भएका कम्युनिष्ट नेताहरुको तितो यर्थात नै हुन्छ होला । अव के भनेर जनताको माझमा जाने ? के भनेर भोट माग्ने ? र के भनेर विश्वास लिने ?
मरिहत्येमा परेका कम्युनिष्ट नेताहरु जवरजस्त कार्यकर्ताको वीचमा पुगेका छन र अरुलाई धारेहात लगाउदै भनेका छन नेकपा तेरो कारणले फुट्यो ।
पदका लागी पक्ष रोज्दै
विचार र संगठन वुझेका कार्यकर्ता वाहेक केही यस्ता कार्यकर्ता हुन्छन । जो पदको वरीपरी घुमिरहन्छन । राजनैतिक अवस्था के छ ? पार्टी कसरी संचालन हुन्छ ? यसले के कस्तो विषय उठान गर्दछ भन्दानी मैले पद पाउछु की पाउदिन । कुन पक्षमा लागे म के हुन्छु । व्याक्तिगत फाइदा कता हुन्छ भन्ने नापी नापी पक्ष वा गुटमा लाग्ने गर्दछन ।
विचार ठिक होस वा गलत । संगठन कम्जोर होस् वा वलियो । सिद्धान्त जे होस् वास्ता छैन तर पदको चासो छ । आफुले निर्वाह गरेको र पाएको जिम्मेवारी पुरा गर्न सकियो कि सकिएन भनेर समिक्षा कहिल्यै गरिदैन । तर पद प्राप्त नहुदाँको रिष , आवेग र आलोचना वर्वर हुने गर्दछ । यो मानसिकता साँगठानिक पद्धति कै भाइरस हो ।
नेतृत्व स्थापित हुने समय
हुन त पार्टी फुटवाट जन्मीएका नेताहरु धेरै छन । र उनिहरुको प्रभावकारीता पनि राम्रो छ । पार्टी विभाजन पछि पद प्राप्त गर्ने अवसर मिल्ने छ । यो अवसरलाई सदुपयोग गर्ने हो भने नेतृत्व वलियो र सक्षम हुने छ । जनताको दुखसुखमा संगै हुने , अरुको आलोचना भन्दा आफ्रना रचनात्मक भूमिकालाई अवल वनाउने , विषय वस्तुमा ज्ञान र ठोष परिस्थीतिमा ठोष विश्लेषण गर्ने, र संभावनाका श्रोतहरु पहिल्याउने हो भने नेतृत्व सफल हुन्छ र नेता वन्छ ।
नेतृत्व निर्माण गर्दा हतारमा होइन । सोचेर गर्नुपर्दछ । आषामा होइन विश्वासमा गरिनु पर्दछ । हाम्रो होइन राम्रो गरिनु पर्दछ । जसकारण पार्टीका हरेक कार्यकर्ताले गर्व गर्नेछन । र प्रतिवद्ध हुने छन पार्टीको मर्म , सिद्धान्त र विधिपद्धती प्रति ।
भवना ः मौरिको जस्तो हुनु पर्छ आफै परिश्रम गर्ने र समुहमा वस्ने ।
२०७७ माघ ३, वलेफी

 10,399 total views,  38 views today

Related posts