एमाले र अबकाे बाटाे

विजय पौडेल

संसारको सबैभन्दा ठूलो काव्य महाभारतको कथा जस्तै आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा घटना एकै नभए पनि उस्तै उस्तै भइरहेको भान हुन्छ ।

महाभारतमा हस्तिनापुर भन्ने एउटा राज्यको परिकल्पना गरिएको छ उक्त राज्यमा कुरु वंशहरुले लामो समय शासन गरे राजा भरतले स्थापना गरेको उक्त राज्य राजा संतनु को पालामा आइसकेपछि त्यो विकसित भयो र आधुनिकीकरणमा प्रवेश गर्यो राजा सँन्तनुको पहिलो श्रीमतीबाट एउटा छोरा पछि दोस्रो विवाहबाट दुई छोरा थिए । जेठी पट्टीको छोरा ले बिहेबारी नगर्ने राजा नबन्ने र हस्तिनापुरको रक्षा गरी बस्ने कसम खाएका थिए भने दोस्रो पट्टिका छोराहरुको विवाह भयो विवाह लगत्तै उनीहरु दुवै मृत्यु भयो । विभिन्न बाधा फुकाउने गरेर उनीहरूबाट सन्तान पैदा गराउने काम भयो । दुई राजकुमारी र एक दासीवाट तीन सन्तान जन्मिए जेठो छोराको नाम धृतराष्ट्र राखियो माइला छोराको नाम पाण्डु राखियो अनि दासी बाट जन्मेको एक छोराको नाम विदुर राखियो ।
जेठा धृताष्ट्र सत्ता प्रति उनको धेरै ठूलो आशक्ति थियो तर उनको आँखा थिएन । माहिला पाण्डुको सत्ता प्रति मोह थिएन तर योग्य भएको कारणले कता राजा बनाइयो ।
जेठा दाइ को राज्य प्रतिको मोह देखेर माहिला पाण्डुले दाइलाई कार्यवाहक राजा बनाएर जंगल तर्फ लागेँ।
जंगलमा पाण्डुका पाँच भाई छोरा जन्मिए जो सम्पूर्ण विषयमा राज्य संचालन गर्नका निम्ति योग्य थिए । भने हस्तिनापुर मा चाहिँ धृतरा्ट्रका सय भाइ छोराहरु जन्मिए ।
जङ्गलमै पाण्डुको देहवसान भयो ।
बुवाको निधन भएपछि पाँच भाई छोराहरु आमा सित आफ्नै राज्य हस्तिनापुर फर्किए । हस्तिनापुर मा राजाका भएका सय राजकुमार हरुलाई ती पाँचजना राजकुमार हस्तिनापुर फर्केको कुनैपनि हालतमा चित्त बुझेको थिएन ।
लडाइँ त्यहिबाट सुरु हुन्छ ।
क्रमशः अन्य षड्यन्त्रको सुरुवात हुन्छ । गौरवका सबैभन्दा जेठो दाई प्रमुख दुर्योधनले पाण्डवका माइलो भाई भीमसेनलाई विष खुवाएर मार्ने प्रयत्न भयो यो षडयन्त्र सफल हुन सकेन उनी पुनः जिवित भएर आए ।
लामो समय शिक्षादीक्षा हासिल गरी योग्य भएपछि हस्तिनापुरको युवराज चुन्ने सवाल उठ्यो । राज्यमा उपस्थित भएका सम्पूर्ण भद्रभलादमी हरूको निर्णय आगामी हस्तिनापुरको युवराज जो सक्षम छ जो योग्य छ त्यसैलाई दिने निर्णय गरे ।
युवराजको चुनावमा पाण्डव पक्ष जेठा युधिष्ठिर ले बाजी मारे भने राजा धृतराष्ट्र का छोरा कौरव का दाजु दुर्योधनलाई चित्त बुझेको थिएन उनीहरु चाहन्थे राजाको छोरा युवराज हुनुपर्छ र बहुमतको संख्याको आधारमा युवराज घोषित हुनुपर्छ त्यसो हुन सकेन।
कौरवहरु मिलेर युवराज युधिष्ठिर सहित सबैलाई एकैठाउँमा मारेर राज्य संचालन गर्ने र कौरवपक्ष को जेठो दुर्योधन युवराज बन्ने एउटा ठूलो योजना बनाए ।
योजना यस्तो थियो ।
हस्तिनापुर बाट टाढा कुनै एक शहरमा पराल र महिन बाट एउटा ठुलो दरबारको निर्माण गर्ने पाण्डवहरु सबैलाई फकाएर उक्त ठाउँ बास बसाउने अनि त्यही दरबारमा आगो लगाएर सबैलाई एकै क्षण बनाउने षड्यन्त्र रचियो जसलाई लाक्षागृह भनिन्छ । षड्यन्त्र मुताबिक उनीहरुलाई लाक्षागृहमा राखियो र दरवारमा आगो लगाइयो तर बुद्धिमत्तापूर्वक पाण्डवहरुले उक्त षड्यन्त्र थाहा पाए अनि सुरुङ का माध्यम त्यहाँबाट भाग्न सफल भए।

पाण्डव मरेर खरानी भइसक्यो भन्ने खबर हस्तिनापुर मा पुग्यो अनि कौरवका जेठा दाजु दुर्योधनलाई त्यहाँका युवराज घोषित गरियो ।

केही दिन पछि सुरुङ वाट भागेर बाँच्न सफल भएका पाण्डवहरु पुन: हस्तिनापुर फर्किए ।
उनीहरूले आफ्नो अधिकार मागे तर युवराज दुर्योधनले हस्तिनापुरको अधिकार त के देशद्रोहीको आरोपलगाएर राज्यमा समेत बस्न दिएनन् ।
हेर्दाहेर्दै पाण्डवहरु आफ्नै हस्तिनापुर बाट अपहेलित हुन पुग्यो ।
यस्तो अन्याय पूर्ण अवस्थालाई आयो र हस्तिनापुर भित्रै नयाँ राज्य निर्माण गर्नुपर्ने अवस्था सृजना भयो ।
हस्तिनापुर राज्य भित्रै खाण्डव भन्ने ठाउँमा पाण्डवहरुले इन्द्रप्रस्थ नामको नयाँ राज्यको निर्माण गरे यो हस्तिनापुर भन्दा यो ठुलो र शानदार सहित निर्माण भयो ।
हस्तीनापूर लागि डाहा लाग्नु सोभाबिक थियो ।
इन्द्धप्रस्थ सजिलै कब्जा गर्न हस्तिनापुरलाइ सहज थिएन त्यसैे अनेक षड्यन्त्र बुन्दै आफुतिर नजिक बनाउँदै सम्बन्ध सुधार गर्दै जुवा खेल्ने वातावरण सृजना गरे दाजुभाइ हो भावना मिलेकै कारण पाण्डवहरु जुवा खेल्न राजी भए ।
जुवा खेल्दै जाँदा पाण्डवहरुले आफ्नो राज्य इन्द्राप्रस्थ हार्न पुगे र १४ वर्षको जंगलको बास र १ वर्षको अज्ञातवास बस्न बाध्य भए ।
शर्त बमोजिम बाह्र वर्षको वनवास र एक बर्षको अज्ञातवास सम्पन्न गरी पाण्डवहरुले हस्तिनापुर युवराज दुर्योधन सित हाम्रो राज्य फिर्ता देउ भनी माग राखे । युवराज दुर्योधले राज्य फिर्ता त के एक पाउ जमीनपनि दिन्नँ सक्छौ भने युद्ध लड्न तयार हुन चुनौती दिए अंततः आखिर पाण्डवहरुले आफ्नै राज्य प्राप्तिका निम्ति हस्तिनापुर र ईन्द्रप्रस्थ का विरुद्ध युद्ध गर्नुपर्यो ठूलो क्षति हुँदा हुँदै पनि हस्तिनापुर जित्न सफल भए ।

आज हाम्रो पार्टी नेकपा एमालेमा हस्तिनापुर जस्तै लामो समय पार्टी सञ्चालन गर्दै आएका नेता माधवकुमार नेपालले राजीनामा दिएपछि झलनाथ खनाल लगत्तै केपी ओलीलाई हस्तान्तरण गरेका थिए। तिनै केपी शर्मा ओली पार्टी एकताको नाममा कुनै छलफल बिनानै माओवादी रूपी लाक्षागृह एमालेलाई बन्दी बनाए अनि त्यही आगो सल्काए अनि आफु उम्केर निस्किए । लाक्षागृह बाट पाण्डवहरु बाँचेर आए लाक्षागृह रुपी माओवादीहरु बाट जोगिएर पार्टी नयाँ ढंगवाट निर्माण गर्ने योजना बनाएकाहरुलाई हस्तिनापुरको ढोका नखोले जस्तै दुर्योधन रुपी केपी ओलीहरुले पाटी कब्जा गरी मनलागी गरिरहेका छन्
यो विषम परिस्थितिमा । हस्तिनापुर भित्र सुन्दर ईन्द्रप्रस्थ बनेजस्तै नेकपा एमालेभित्र जनताको बहुदलीय जनवादलाई सैद्धान्तिक आत्मसात गरेको व्यवस्थित सांगठनिक प्रणाली अपनाएको अब्बल लोकतान्त्रिक प्रणाली समेटेको नेकपा एमाले पुन निर्माण गर्नु पर्ने स्थिति देखिएको छ ।

अब विकसित हुने एमाले इन्द्रप्रस्थ जस्तै जुवा को दाउमा पर्ने छैन र नेतृत्वले एमालेलाइ त्यो अवस्थामा पुर्याउने छैन भन्ने आशा पनि गर्दछु।

 4,903 total views,  51 views today

Related posts