देश सत्ता समीकरणको गोलचक्करमा

डा. डिआर उपाध्याय

जनताले ठूलो आशा र भरोसा गरेर तत्कालीन एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनलाई झण्डै दुईतिहाइ बहुमत दिए । त्यो बहुमत नपचेर अहिले जुनकिसिमको गाईजात्रा प्रदर्शन भइरहेको छ यसले देशलाई कुन बिन्दुमा लैजाने हो, भन्न सकिने अवस्था छैन । गत निर्वाचनको परिणामपछि नेपालको कम्युनिस्ट आन्दोलन बलियो र शक्तिशाली हुने भयो भन्ने जुन किसिमको जनतामा आश थियो त्यो अहिले पूरै चकनाचुर भएको छ ।

यतिबेला मुलुकको राजनीति संकटमा छ । दलहरू आआप्mनो स्वार्थ साध्ने रणनीतिमा ब्यस्त छन ठ्याक्कै यसो हुन्छ भन्न सकिने अवस्था छैन । देशको राजनीति कति बेला के हुन्छ केही भन्न सकिने अवस्था छैन । देशमा एक खालको राजनीति नाटक मञ्चन भइरहेको छ । सर्वोच्चको पछिल्लो फैसलाले नेकपाका नेताहरूलाई जुन पार्टीको चुनाव चिन्ह लिएर चुनाव लडेका थियाँै त्यहि पार्टीमा फर्केर आआप्mनो गतिविधि गर भनेर स्पष्ट भनेको छ ।

अहिले नेताहरूलाई नेकपा माओवादी केन्द्र र एमाले ब्युँतिएपछि आआप्mनो बाटो लाग्नुपर्ने बाध्यता भएको छ । राजनीति भनेको घुमाउरो बाटो हो यो कहिले सिधा हँुदैन । यो सिद्धान्तको कुरा नभएर भोगाइको कुरा हो । सर्वोच्चको पछिल्लो फैसलाले प्रधानमन्त्री केपी शर्मा ओली अझै बलियो र शक्तिशाली बन्ने संकेत देखिएको छ । यो फैसलाले तत्कालका लागि पुष्पकमल दाहाल प्रचण्डलाई भने घाटा पु¥याएको देखिन्छ । प्रचण्डका केही नेता, कार्यकर्ता ओलीको पक्षमा लागेका छन् । ओलीले पनि माओवादी केन्द्रका नेतालाई एमालेमा राम्रो जिम्मेवारी दिएर विश्वास जित्ने प्रयासमा लाग्नुभएको छ । यसले के संकेत देखाउँछ भने भोलि माओवादी केन्द्रका नेता–कार्यकर्ता एमालेमा आउने निश्चित छ ।

अब देश नयाँ ढंगले अघि बढ्ने अवस्था देखिन्छ । प्रधानमन्त्री ओलीले मधेसीदल जसपाका शीर्ष नेताहरूसँग छलफल गर्नुभएको छ । छलफल सकारात्मक भएको सञ्चार माध्यममा आएको छ । उक्त छलफलमा रेशम चौधरीलाई जेलबाट छुटाउने कुराले महत्व पाएको बुभ्mन सकिन्छ । जसपाको प्रमुख सर्त यो भएको बुभ्mन सकिन्छ । यो सर्त पूरा भए जसपा सरकारमा सहभागी हुने बलियो बन्छ । ओली राजनीतिका चतुर खेलाडी हुनुहुन्छ । अस्ति भर्खरै बिप्लवलाई शान्तिपूर्ण मूल राजनीतिको बाटोमा ल्याउनुभयो । यो सबैका लागि खुसीको कुरा हो । जतिसुकै धारेहात लगाए पनि ओलीका रणनीति र योजनाहरू सफल हुँदै आएका छन् । हिजो ओलीलाई गाली गर्ने केही नेताहरू पश्चात्ताप गर्दैछन् । किनभने आप्नो पद खोसिने हो कि भन्ने डरले । अब यस्ता गलत संस्कार र परम्पराको अन्त्य जरुरी छ । राजनीति विचार र सिद्धान्तले चल्ने हो, गालीगलोजले होइन । आज एक अर्कामाथि यति तुच्छ गालीगलौज गर्ने नेताहरू भोलि बैठकमा सँगै कसरी बस्ने होलान् ? मञ्च पाएपछि के बोलेँ भन्ने कुरासमेत थाहा नपाउने नेताका कारण देश बिग्रिएको छ । यो देश कसले सपार्ने हो, भगवान्ले जानुन् ।

लोकतान्त्रिक व्यवस्थालाई बलियो र मजबुत बनाउन नेपाली जनता लामो समयदेखि दुःख कष्ट बेहोर्दै आएका छन् । तर, यो कुरा नेताहरूले बुझ्दैनन् । आज देशमा जुन किसिमले नेता धनी बन्दै जाने र जनता झन्पछि झन् गरिब हँुदै जाने अवस्था छ । यसले जनतामा निराशा ल्याएको छ । सुरुआती दिनमा जनतामा यो आशा थियो कि राजनीतिक दलबाट देशको विकास र समृद्धि हुन्छ तर जनताको आशाअनुसार काम हुन सकेको छैन । ओली सरकारले केही गर्न खोजेकै हो तर पार्टी भित्रको आन्तरिक विवादले धेरै कुरा ओझेलमा परेका छन् । यो सरकारको खुट्टा तान्ने काम आफ्नै पार्टीका नेताहरूबाट धेरै भयो । विपक्षीदल कांग्रेसबाट कुनै रोकावट छैन । देशको विकास योजनाका कार्यक्रम सफल भएन । आफू पनि नगर्ने, अरूले गर्न खोज्दा पनि काम गर्न नदिने यो गलत संस्कारले कसैलाई अघि बढाउँदैन । न त पार्टीलाई अघि बढाउँछ न त देशलाई, यो कुरा नेताहरूले बुझ्न जरुरी छ ।

राजनीतिक गतिरोध समाधानका लागि सबै दलहरू मिलेर अघि बढनुपर्ने अवस्था निर्माण भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच हतारमा पाटी एकता भयो । त्यसको परिणाम अहिलेको परिस्थिति सिर्जना भएको देखिन्छ । मुख्य कुरा विचार र सिद्धान्त मिल्नुपर्छ । विचार र सिद्धान्त नमिलिकन गरिएको एकता टिकाउ हुँदैन । अहिले भएको त्यहि हो । जबसम्म विचार तथा सिद्धान्तमा मेल खाँदैन तबसम्म एकता बलियो र टिकाउ हुँदैन । नेतृत्वहरू स्वार्थ र तिकडमको खेलमा अघि बढ्दा यो समस्या आएको हो । विचार र सिद्धान्त नमिलेसम्म एकता सार्थक र प्रभावकारी हुन सक्दैन भन्ने कुरा इतिहासले पुष्टि गर्दै आएको छ ।

दलहरू फुटेर होइन जुटेर अघि बढनुपर्छ । त्यसो भयो भने मात्र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुन सक्छ । त्यसैले, सबै कम्युनिस्ट घटकबीच एकताको जरुरी छ । यो एकता ढिलो चाँडो अनिवार्य नै छ । अहिले एमाले र माओवादी केन्द्रबीच तत्कालका लागि पुनःएकता हुन सक्ने अवस्था नभए पनि कार्यगत एकता गरेर अघि बढनुपर्ने आवश्यकता देखिएको छ । हरेक पार्टीको सबैभन्दा ठूलो कुरा भनेकै अनुशासन हो । हरेक पार्टीले विधि पद्धतिको पालना गर्न सिक्नुपर्छ । आफ्नै नेतृत्व र नेतालाई गालीगलौजको परिपाटी अन्त्य हुनुपर्छ । यस्ता गतिविधिले पार्टीलाई कमजोर बनाउँछ । हिजोका दिनमा नेकपाको आन्तरिक विवादका कारण आमकार्यकर्तामा निराशा छाएको थियो । अब कार्यकर्तामा निराशा आउन दिनुहुँदैन ।

विप्लव पनि अन्ततः शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका छन् । आमनेपालीका लागि यो एउटा खुसीको कुरा हो । यस जटिल राजनीतिक अवस्थामा विप्लवको रणनीति के हुने हो सबैको चासोको विषय बनेको छ । नेपाली जनताको वर्षौंदेखिको अपेक्षा भनेको विकास र समृद्धि हो । स्वदेशमा रोजगारी नपाएर युवा जनशक्ति विदेश जान बाध्य छन । युवा जनशक्तिलाई आफ्नै देशमा रोजगारी दिनुपर्नेछ । तर, अहिले रोजगारी सिर्जनाले प्राथमिकता पाएको छैन । प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद् विघटन गरे यताको राजनीतिक घटनाक्रमले उतार चढावपूर्ण छ । संसद् विघटनको कदमलाई सर्वोच्च अदालतले फागुन ११ मा फैसला बदर गरेपछि राजनीतिक निकास निस्कने अपेक्षा गरिएको थियो । त्यो अपेक्षा बमोजिम राजनीति चलेन । जसको कारण संकट झन् थपिँदै छ । दल र तिनका नेताहरूले मीठा कुरा गर्छन् तर कार्यान्वयनमा कुनै कुरा आउँदैनन । तत्कालीन नाफाघाटाको यो राजनीतिले देशलाई कहाँ पु¥याउने हो कुनै ठेगान छैन । देश र जनताको पक्षमा खुलेर काम गर्ने कुनै दल र नेता नै नेपालमा देखिएनन् । यो नै समस्याको कुरा हो ।

जनताले ठूलो आशा र भरोसा गरेर तत्कालीन एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनलाई झण्डै दुईतिहाइ बहुमत दिए । त्यो बहुमत नपचेर अहिले जुनकिसिमको गाईजात्रा प्रदर्शन भइरहेको छ यसले देशलाई कुन बिन्दुमा लैजाने हो, भन्न सकिने अवस्था छैन । गत निर्वाचनको परिणामपछि नेपालको कम्युनिस्ट आन्दोलन बलियो र शक्तिशाली हुने भयो भन्ने जुन किसिमको जनतामा आश थियो त्यो अहिले पूरै चकनाचुर भएको छ । चुनावी गठबन्धनको परिणाम लगत्तै तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा निर्माण भयो । पार्टीको आन्तरिक विवादले नेकपा पनि सिद्धियो । नेपालमा कम्युनिस्टहरू पद र शक्तिका लागि एकआपसमा लडेर सिद्धिने गरेका छन् । अहिले नेकपा एमालेमा ठूलो विवाद देखिएको छ । ओली समूहले एकतर्फी रूपमा नेताहरूको जिम्मेवारी हेरफेर गरेपछि माधव समूह पनि समानान्तर समिति गठन गरेर अघि बढेको छ । यसरी देश अनि पार्टी चल्दैन ।

यो सिद्धिने बाटो हो । टुट, फुट र गुटले दुवै पार्टीलाई दीर्घकालीन असर गर्ने निश्चित छ । नेकपा एमाले र माओवादी केन्द्र दुई पार्टीबीचको एकीकरण सिद्धान्त र बिचारको जगमा भन्दा पनि सत्ता र नेतृत्वको स्वार्थमा स्थापित थियो । स्वार्थ र महत्वकांक्षाको दस्तावेजस्वरूप पालैपालो सरकारको नेतृत्व गर्ने र दुई अध्यक्ष रहने गरी ६० र ४० को भागबन्डाका आधारमा पार्टी एकीकरण भएको थियो । त्यो सहमति कार्यन्वयन हुन नसक्दा देश अहिले राजनीतिक संकटको गोलचक्करमा फसेको छ ।नेपाली राजनीतिमा बाह्यदबाब र प्रभाव पनि परेको देखिन्छ । ०६२ मंसिर ७ गते तत्कालीन सात राजनीतिकदल र माओवादीबीच दिल्लीमा सम्पन्न भएको १२ बुँदे सम्झौतापछि नेपालको राजनीतिमा भारतको निरन्तर प्रभाव बढ्दै आएको छ । ओलीको अहंकार र प्रचण्डको पदीय लालचले हालको राजनीतिक संकट निम्तिएकोे विश्लेषण छ । हालको राजनीतिक संकटको कारक ओली, प्रचण्ड, माधव, झलनाथ लगायतका नेताहरू हुन् ।

  • सौर्य अनलाइनबाट

 4,230 total views,  83 views today

Related posts