केपि शर्मा अाेलिले पार्टिकाे गौरबको चीरहरण गर्दैछन् – एमाले नेता घनश्याम भुसाल

जनतापत्र संवाददाता

नेपाल कम्युनिष्ट पार्टि एमाले भित्रकाे विवाद दैनानु दिन पेचिलाे बन्दै गईरहेकाे छ । पार्टिका अध्यक्ष केपि शर्मा अाेेलिले पार्टि हित विपरीत गतिविधिमा संलग्न भएकाे भन्दै पार्टिबाट ६ महिनाकाे लागि निलम्बन गरेपछि उपमहासचिव घनस्याम भुसालले सामाजिक संजाल फेसबुक मार्फत अाफ्नाे धारणा यसरी ब्यक्त गर्नुभएकाे छ ।

असिमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनका लागि संसारमा या त चाकर छन् या शत्रु ।

उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँला/गर्नेछौँ । तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु ।

 2,639 total views,  89 views today

Related posts