बिबादित विषय बारे खासकुरा यस्तो हो – केदार क्षेत्री

केदार क्षेत्री , अध्यक्ष – बलेफी गाउँपालिका ।


बलेफी गाउँपालिकबाट हरेक महिना संघीय सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता वितरण र जेठ १६ गतेको कार्यापलिकाको बैठकको सम्बन्धमा विभिन्न सामाजिक सञ्जाल,केही दलको विज्ञप्ति र केही अनलाईन सञ्चार माध्यमहरुमा गाउँपालिका र मेरो नाम जोडेर आएका खबरहरु प्रति गाउँपलिकाको अध्यक्षको तर्फबाट केही तथ्यगत प्रष्ट पार्न चाहान्छु
सामाजिक सुरक्षा भत्ता सम्बन्धनमा
संघीय सरकारले वृद्धा,एकल महिला लगायतलाई लागि हरेक महिना प्रदान गर्ने सामजिक सुरक्षा भत्ता केन्द्रीय सरकारको निर्देशन अनुसार नै बैकीङ प्रणाली मार्फत वितरण गर्ने निर्देशन अनुसार बलेफी गाउँपालिकाले दुइ बैंक सँग सम्झौता गरेको थियो ।
जलविरेमा रहेको राष्ट्रिय बाणिज्य बैंक,बलेफी र खाडिचौरमा रहेको एनआइसी एशिया बैंक सँग सम्झौता गरेर चैत १८ गते नै पहिलो किस्ताबापतको रकम बैंकहरुमा पठाइएको थियो । बाणिज्य बैंक जलविरेले गाउँपालिकले रकम निकाश गर्न साथ केही दिन भित्रै वडा नम्बर १,२ र ३ का वृद्धा बा आमाहरुलाई बिना झण्झट सामाजिक सुरक्षा भत्ता प्रदान गरेको थियो । बलेफी र खाडिचौरको एनआइसी एशिया बैंकले भने विभिन्न वहानामा भत्ता लिन बैंकमा आएकाहरुलाई दुःख दिन थालेपछि बलेफी गाउँपालिकाले दुइ पटक बैंकलाई समेत पत्रचार गरेको जानकारी गराउदछु । बैंकलाई पत्रचार गर्दा पनि सामाजिक सुरक्षा भत्ता लिन आएकाहरुलाई दुःख दिने काम नरोकिएपछि नेपाल राष्ट बैंक र प्रमुख जिल्ला अधिकारीलाई समेत पत्र पठाएर दुवै बैंकले सेवाग्राहीहरुलाई दुःख दिएको जानकारी गराएको सबैमा जानकारी गराउँदछु ।
म आफैले नै गरेर बैंकहरु लाई सामजिक सुरक्षा भत्ता वितरण गर्दा समस्या नर्गन भनेपनि दुवै बैंकहरुले आलटाल गरेर सेवाग्राहीहरुलाई चरम दुःख दिएको सबैलाई सर्वविदीतै छ । विभिन्न सञ्चारमाध्यमहरुमा समेत बैंकहरुले भत्ता लिन आएकाहरुलाई दुःख दिएको समाचार प्रकाशन ÷प्रशारण भएको थियो । दुवै बैंकका शाखा प्रमुख र कर्मचारीसँग गाउँपालिका अध्यक्ष,उपाध्यक्ष र सम्बन्धीत वडाका अध्यक्ष ज्युहरु सहित भएर बैठक बसेर सामाजिक सुरक्षा भत्ता छिटो र झण्झट नदिइकन प्रदान गर्न भनेपनि बैठक पछि पनि दुवै बैकहरुले सेवाग्राहीलाई दुःख नै दिइरहेका थिए ।
वडा अध्यक्ष सँगको सवाल
बैंकहरुले विशेषगरी खाडिचौर शाखामा विकट बस्तीहरुबाट हिडेर आएका र पाँच दिनसम्म लाइनमा बस्दा पनि भत्ता नपाएपछि केही सेवाग्राहीहरु म बस्ने खाडिचौरको घरमा नै आउनु भएको थियो । सेवाग्राही सँगै बैकसम्म हिडेर जाने क्रममा बलेफी गाउँपालिका–७ का वडाअध्यक्ष कार्केल लामासँग् भेट भएपछि मैले जनता तपाँइका पनि हुन्,उहाँहरुले दुःख पाइरहनु भएको छ,तपाँइको छोरी बैंक म्यानेजर हुनुहुन्छ सम्झाइदिनु प¥यौ भनेर मैले वडा अध्यक्ष ज्यु लाई आग्रह गरेको थिए ।
वडा अध्यक्ष लामाको छोरी रनु लामा एनआइसी एसिया बैंक खाडिचौरको शाखा प्रबन्धक भएकाले गाउँपालिका अध्यक्ष क्षत्रीले जनतालाई दुःख नदिन र बैंकका म्यानेजरलाई सम्झानका लागि आग्रह गर्दा उल्टै वडा अध्यक्ष लामाले बैंकको केही गल्ती छैन,गाउँपालिकाको नै गल्ती छ भन्दै आमजनताको पक्षमा भन्दा पनि आफ्नो छोरीको पक्षमा लागर उल्टै सार्वजनिक स्थलमा मेरो मानर्मदन गरेको सम्पुर्णमा जानकारी गराउदछु ।
वडा अध्यक्ष लामाले सार्वजनिक स्थानमा नै मेरो हुर्मत लिन खोजेका थिए । बैंकको केही गल्ती छैन,गल्ती सबै गाउँपलिकाको नै हो भन्दै वडा अध्यक्ष लामा जनताप्रति भन्दा आफ्नो छोरी प्रति बढी बफदार भए पछि म आफ्नो कार्यालयमा गएर पुन बैंकको केन्द्रका प्रमुखहरुसँग भेटघाट गरेपछि केन्द्रीय कार्यालयबाट थप कर्मचारीहरु आएर छिटो सामाजिक सुरक्षा भत्ता वितरण गरेको सबैमा अवगत गराउँदछु । ।
वडा अध्यक्षले गाउँपालिकाको अध्यक्षको सार्वजनिक रुपमा अपमान गरेपछि मिति २०७८ जेठ १६ गतेको कार्यपालिका बैठकमा माफी माग्न आग्रह गरिएको थियो । माफी मागेर बैंकले दिएको दुःख र ज्यादातीको विषयमा सबै वडा अध्यक्षहरुले र कार्यपालिका सदस्यले भन्दा उल्टै माफी नमाग्ने भन्दै वडा अध्यक्ष लामा बसेपछि प्रहरी आएर लामालाई बैठक कोठाबाट बाहिर निकालेको सबैमा जानकारी गराउदछु ।
कार्यपालिकाको बैठकको सवाल
कोरोना महामारीमा गाउँ कार्यपालिकाको बैठक बसेर केही निर्णय गर्नुपर्ने भएकाले जेठ १६गते सबै सदस्यहरु सहभागी भएर बैठक सम्पन्न भएको थियो । बैठकमा मैले केही प्रस्तावहरु राखेको र त्यो प्रस्ताव पास भएको थियो। वडा अध्यक्ष लामा र उहाँको छोरी आवद्ध बैंकले सामजिक सुरक्षा भत्ता वितरण ढिलाई र सार्वजनिक स्थानमा मेरो अपमान गरेपछि मैले कार्यपालिकाको बैठकमा वडा अध्यक्ष लामालाई माफी माग्न आग्रह गरेको थिए । अरु सदस्यहरुले पनि वडा अध्यक्ष लामालाई माफी माग्न भनेपनि लामाले नमानेपछि अध्यक्षको अधिकार प्रयोग गरेर प्रहरी लगाएर वडा अध्यक्ष लामालाई त्यो दिनको बैठकबाट बाहिर निकालेको हो ।
जनताले मत दिएर पठाएको जनप्रतिनिधि जनताको पक्षमा बोल्नु भन्दा आफ्नो छोरीको पक्षमा लागेर सार्वजनिक स्थानमा गाउँपालिका अध्यक्षको मानमर्दन गर्ने,अपशब्द बोल्ने लगायतका हर्कत वडा अध्यक्ष लामाले गरेका छन् । बैंकमा दुइ महिना अघि पैसा जम्मा गरेपनि वृद्धा बा आमाहरुलाई पैसा नदिएर बैंक म्यानेजर सँग मिलेर कतै वडा अध्यक्ष आफैले रकम हिानामीना गरेको हो की भन्ने आशंका समेत अब सुरु भएको छ । गाउँबाट आएका वृद्धा बा आमाहरुले दुःख नपाउन भनेर पटक पटक ताकेता गर्ने गाउँपालिका अध्यक्ष जनताको पक्षमा हुन्छन् की छोरीको पक्षमा लागेर बैंकमा दुइ महिना अघि जम्मा गरेको पैसा पनि नदिने वडा अध्यक्ष जनताको पक्षमा हुन्छन्? गम्भीर प्रश्न खडा भएको छ ।
म आम बलेफीबासी दाजु भाइ,दिदी बहिनीहरुलाई यो कोरोनाको महामरीमा सचेत हुन आग्रह गर्दछु । तपाँइहरुको पक्षमा हामी छौ, र यस्ता जनताविरोधी हर्कतहरु जसले गरेपनि त्यसका पक्षमा म एक्लै भएपनि लडिरहने प्रतिबद्धता गर्दछु । वृद्धा बा आमा हरुले समयमा नै सामजिक सुरक्षा भत्ता नपाएको विषयमा आवज उठाउदा केही दलगत गलत मानसिकताका व्यक्तिहरुले गरेको बेइमानी तपाँइहरु सबैले बुझुन भएको नै छ । र अन्तमा यस्ता प्रवृत्ति विरुद्ध एकताबद्ध हुन पनि अपिल गर्दछु ।

 6,853 total views,  60 views today

Related posts