एमाले बैठक स्थगित, ७५ जेठ २ मै पार्टी फर्किए पनि, माधव सहित केही नेताहरु पार्टीमा नफर्किने संकेत

जनतापत्र, काठमाण्डौं ।
नेकपा एमालेको स्थायी कमिटी बैठक आजपनि स्थगित भएको छ । पार्टी एकताको निष्कर्षमा पुग्ने क्रममा रहेकाले बैठक भोलि अपरान्ह ४ बजे बस्ने गरि स्थगित भएको एमालेले जनाएको छ ।
एमाले स्थायी कमिटी बैठकले माधव नेपाल पक्षका केही नेताहरु बाहेक अन्यलाई सम्मानजनक रुपमा पार्टी एकता प्रक्रियामा सामेल गर्नेबारे छलफल भएको वुझिएको छ ।
एमाले स्रोतका अनुसार २०७५ जेठ २ मै फर्किए पनि अब एक हुन नसकिने कुरामा माधव नेपाल लगायतका नेता प्रष्ट छन् । आफू धेरै अघि बढिसकेकाले अब ओलीले जेठ २ मा फर्किने निर्णय गरे पनि अप्ठारो हुने नेपालले निकट नेताहरुलाई बताएका छन् ।
माधव नेपाल, भीम रावल लगाायतका नेताहरु भने एमालेमा नफर्किने निष्कर्ष एमाले नेताहरुको छ । एकताका लागि वार्तामा रहेका नेताहरुलाई नेपाल पक्षबाटै दबाब बढेपछि बैठक भोलिसम्मलाई स्थगित गरिएको स्रोतले जनाएको छ ।

 8,384 total views,  62 views today

Related posts