अनेरास्ववियु सिन्धुपाल्चोकले बुझायो जिप्रकालाई ध्यानाकर्षण पत्र

जनतापत्र, चौतारा ।
अनेरास्ववियु सिन्धुपाल्चोकले जिल्ला प्रसाशन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । विभिन्न समसामयिक बिसयमा आफ्नो धारणा राख्दै अनेरास्ववियु नेता रामचन्द्र थापाको संयोजकत्वमा उक्त्त ध्यानाकर्षण पत्र मंगलबार बुझाएको हो ।
वर्तमान बिकारल समस्याहरु अनि देशको बदलिँदो परिस्थितिको सहज निकासको लागि अनेरास्ववियुले जिल्ला प्रशासन मार्फत नेपाल सरकारको गृहमन्त्रालयलाई ५ वटा बिषयमा ध्यानाकर्षण गरेको छ ।

सो पत्रमा मेलम्ची, हेलम्बु र मनाङ्गका बाढी तथा पहिरो प्रभाबितको घाउमा मलम पट्टी लगाउन तत्काल राहत प्याकेज र दिर्घकालिन तट बन्धनको योजना बनाउन जोडदार माग गरिएको छ ।
यसै गरि साउन १४ मा तुइनमा चढेर महाकाली नदि तर्दै गरेका जयसिंग धामीलाई भारतीय सेनाको फौजले तुइनकाटी दिदा नदीले बयाएर बेपत्ता भएका धामीका परिवारलाई उचित प्रकारको क्षेति पूर्तिको माग , गरिएको छ भने खोप केन्द्रको विस्तार तथा बिना भिड भाड कोभिडको खोप पाउने व्यवस्थाको माग गरेको छ ।
यातायात क्षेत्रमा गरेको मन लाग्दी भाडा बृद्दी नियन्त्रण तथा यातायातमा बिधार्थिहरुलाई ४५ प्रतिशत छुटको प्रभाबकारी कार्यन्वयन गर्न र स्वास्थ्य माप दण्डको ख्याल गरि बिद्यालय संचालन गरि रोकिएको परिक्षा तत्काल सुचारु गर्न सरकारको ध्यान आकर्षण गरेको छ ।

 6,940 total views,  4 views today

Related posts