संविधानको मर्म विपरित दल बिभाजन सम्बन्धी अध्यादेश – एमाले सचिव गाेकर्ण विष्ट

जनतापत्र, काठमाडौ ।


नेकपा एमालेकाे सचिव गाेकर्ण विष्टले दल विभाजन सम्वन्धी अध्यदेश फिर्ता गर्न वाध्य वनाउनु पर्ने वताउनु भएकाे छ । मंगलवार अाफ्नाे सामाजिक संञ्जाल फेसबुक मार्फत श्रेष्ठले साे कुरा वताउनु भएकाे हाे ।
उहाँले सामाजिक संञ्जाल फेसवुकमा लेख्नु भएकाे शब्द निम्न अनुसार रहेकाे छ ।

लोकतान्त्रिक अभ्यास र संविधानको मर्म विपरित दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक छ ।
यसले दलभित्र उत्पन्न हुने अन्तरबिरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा बिभाजनलाई प्रोत्साहित गर्नेछ । राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्नेछ । दलहरुप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ ।
अन्ततः यसले नेपालको राजनीतिमा दु:खद परिणाम निम्त्याउने छ । यसप्रकारको प्रतिगामी निर्णयको सबैले बिरोध गरौँ । फिर्ता लिन बाध्य पारौँ ।

 2,547 total views,  2 views today

Related posts