माअाेवादी केन्द्र परित्याग गरि सिङ्गो गाउँ नै एमाले प्रबेस

जनतापत्र, बलेफी ।

बलेफीमा माअाेवादी केन्द्र परित्याग गरि सिङ्गो गाउँ नै एमाले प्रबेस गरेका छन् ।

बलेफी गाँउपालिका वडा नम्वर ७ चिम्लिङकाे नेपाली टोलवाट प्रत्यासी वडा सदस्य उम्मेदवार सहित माओबादी केन्द्र परित्याग गरि ४० जना भन्दा बढी शुक्रबार एमाले पार्टीमा प्रबेस गरेका छन् ।

साे पार्टी प्रबेश कार्यक्रम नवप्रबेशीहरुकाे टाेलमा गरिएकाे अनेरास्ववियु जिल्ला नेता अमृत थापाले जानकारी दिनुभयाे ।
नवप्रबेशीहरुलाई पार्टिमा स्वागत अविर र खाता लगाएर एमाले प्रदेश कमिटी सदस्य एबम बलेफी गाउँपालिका अध्यक्ष केदार छेत्रीले गर्नुभएकाे थियाे ।

बलेफी गाउँपालिकामा एमाले पार्टि पर्तिकाे अाकर्षण बढ्दाे रहेकाे छ । एमाले पार्टिवाट निर्वाचित स्थानीय सरकारले गरेकाे सन्तुलित कामकाे उपलब्धिकाे रुपमा अाफुले लिएकाे बलेफी गाउँपालिका अध्यक्ष एव: एमाले प्रदेश कमिटी सदस्य केदार क्षेत्रीले नवप्रबेशीहरुलाई स्वागत गर्ने क्रममा वताउनुभएकाे थियाे ।

 7,531 total views,  4 views today

Related posts