गायिका पुजा तामाङको तामाङ सेलो ‘कोही छ कि’ बोलको गीत यतिबेर चर्चामा

भक्तपुर– सुमधुर स्बरका धनी गायिका पुजा तामाङको तामाङ सेलो कोही छ कि बोलको गीत यतिबेर बजारमा निकै चर्चामा रहेको छ । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालीका वडा ४ मा बुबा चिनबहादुर,आमा नैना कुमारी तामाङको कोखबाट कान्छी सुपुत्रीको रुपमा यस धर्तीमा जन्म लिनु भएको थियो । उनिलाई सानै उमेर देखी गीत संगीतमा रुची भएको कारण २०७४ साल देखी सांगीतिक क्षेत्रमा प्रबेश गर्नु भएको थियो ।
तामाङले धेरै एल्बम हरु ल्यउने क्रममा यतिबेर तामाङ सेलो ‘कोही छ कि’ बजारमा ल्याएकी छिन् । टीका बोम्जनको शब्द तथा संगीतमा तयार पारिएको उक्त गीतमा पवन लामाको संगीत संयोजन रहेको छ । निर्देशन तथा सम्पादन भने अजय स्याङ्तानले र छायांकन बिक्रम तामाङले गरेका छन । उक्त भिडियोमा सागर र निरञ्जली सँगै भुइसाल लामाकमान सिंह लामाले समेत अभिनय रहेको छ । हाम्रो तर्फबाट पुजा तामाङ लगायत सम्पुर्ण टिमलाई बधाई एंवम शुभकामना छ ।

(भिडियो सहित)

 17,988 total views,  39 views today

Related posts