चौतारा साँगाचोक नगरले सार्वजनिक जग्गाहरु संरक्षण गर्ने – अमानसिंह

जनतापत्र संवाददाता, चौतारा ।
सिन्धुपाल्चोक जिल्लाका सवै स्थानीय तहमा सार्वजनिक जग्गाहरु अतिक्रमण भएका छन । वन, नदी आसपासका रहेका सार्वजनिक जग्गाहरु अतिक्रमण भएका हुन । सोही क्रममा चौतारा साँगाचोकगढी नगरपालिकाले सर्वजनिक जग्गालाई संरक्षण गर्ने निर्णय केही समय अगाडी गरेको थियो । सुकुटे क्षेत्रमा रहेका जग्गाहरु अतिक्रमण धेरै भएको सो नगरपालिकाका प्रमुख अमानसिंह तामाङले वताउनु भएको छ । सुकुटे रिसोर्ट संचालन गरिरहेका महेन्द्र थापाले १४ रोपनी जग्गा अतिक्रमण गरेको उहाँले वताउनु भएको छ ।

थापाले नगरपालिकाले तोकेको कर तिर्न नमानेको वताउँनु हँुदै प्रमुख तामाङले भन्नु भयो कहिले प्रचण्ड कहिले माधव नेपाल आएर वस्ने सो होटेल शक्तिको आडमा संचालन भएको र सार्वजनिक सम्पतिलाई संचालक थापाले दुरुपयोग गरेको वताउनु भएको छ । नगरभित्रका सार्वजनिक जग्गाहरु अतिक्रमण गर्नवाट रोक्ने र गरिएका जग्गाहरुवाट कर सम्म लिने नगर कार्यपालिका निर्णय गरेको प्रमुख तामाङले वताउनु भएको छ । जनतापत्रका लागी टीका सुवेदीले नगर प्रमुख अमानसिंह तामाङसंग गरेको टेलिफोन सम्वाद ।

 24,141 total views,  3 views today

Related posts