जनतापत्र, चैतारा ।२ करोड लागतमा कृष्णको मन्दिर पुनर्निर्माण हुने भएको छ । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको १ सय १५ वर्ष पुरानो कृष्ण मन्दिरको २ करोड लागतमा मन्दिर पुरातत्त्व विभाग काठमाडौँद्वारा क्रमागत रुपमा निर्माण सुरु गर्न लागेको हो ।२०७२ साल वैशाख १२ गतेको भूकम्पबाट सो मन्दिर ध्वस्त भएको थियो । मन्दिर पुनर्निर्माणको ठेक्का प्रक्रिया यही भदौको दोस्रो साता हुने पुरातत्त्व विभाग, काठमाडौँले बताएको छ ।सबै नक्सा र स्टिमेट तयार भइसकेको विभागकी इञ्जिनियर आरती पोखरेलको भनाइ छ भने मन्दिर निर्माणमा प्रयोग गर्ने सामाग्री र मन्दिरको शैली पुरानो डिजाइनकै हुने भएको छ ।सो…
जनतापत्र, जेगल ।दिनरात अबिरल पानि परिरहेको छ । जताततै पहिरोले बितण्डा मच्याएको छ । त्यस्तै सीता हाइड्रोपावरको लापरबाहीले जुगल गाउँपालिकाको गुम्बामा जताततै पहिरो गएको छ । गाउँपालिकाले हाइड्रोपावरको काम तत्काल बन्द गर्न स्थानियलाई निर्देशन दिएको छ ।सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बामा ३५ मेगावाटको निर्माणाधीन अवस्थामा रहेको सीता हाइड्रोपावरको लापरबाहीका कारण वर्षातको पानीले खेती योग्य जमिन,सडक सगै पुरै पाखा भित्ता जताततै पहिरो गएको छ । स्थानीय लाई पहिरो को बाटो बाट आवातजावत गर्न जोखिम भएको छ । गुम्बाको माथिल्लो बस्तीहरु गुम्बा,क्याङ्सिङ,तेम्बाथान,दिप्पु,तेघा का स्थानियलाई समस्या भएको हो ।सीता हाइड्रोपावरले भिरालो…
जनतापत्र, बाह्रबिसे ।जुरे पहिरो पीडितले रकम नपाउने भएका छन् । पिडितका लागि लागि संकलित रकम २०७१ सालदेखि नेपाल बैंक चौताराको राहत कोषमा जम्मा भएर बसेको थियो ।अब जनस्तरबाट संकलित रकम जुरे पहिरो पिडितले नपाउने भएका हुन् ।मन्त्रिपरिषदको २०७९ असार ३१ गते बसेको बैठकले पहिरो पीडितहरुका लागि संकलित रकम फुकुवा गर्ने निर्णय गरिसकेको थियो । फेरि पछिल्लो बैठकले तर पिडितलाइ रकम नदिने निणर्य गरेको हो । मन्त्रिपरिषदले गरेको पछिल्लो निर्णयानुसार अब पीडितहरुलाई सीधै रकम पाउने छैनन् । पीडितहरुले छनोट गरेको सामुदायिक परियोजनामा मात्रै उक्त रकम खर्च गर्न पाइने निणर्य भएको छ…
Notice: Undefined index: name in /home/bluebell/janatapatra.com/wp-content/plugins/propellerads-official/includes/class-propeller-ads-anti-adblock.php on line 169