भारतीय सेना विनाशर्त हट्नु पर्छ – मन्त्री भट्टराई

लुइभेल, केन्टकी ।

नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईले भारतले अतिक्रमण गरेका नेपाली भूभागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरावाट भारतीय सेना विनाशर्त हट्नु पर्ने बताए।

नेपालको राष्ट्रियताको विषयमा वहस गर्ने भर्चुअल श्रृंखला ‘नेपालका लागि प्रवासी नेपालीहरुको अभियान – २०२०’ को समापन कार्यक्रममा मन्त्री भट्टराईले कालापानी मुद्धा पुरानो भएपनि अहिले आएर यो मुद्धामा सम्पूर्ण नेपाल एक ठाऊमा रहेको बताए। उनले कालापानी मार्चको नेतृत्वकर्ता र पर्यटन मन्त्रीको हिसाबमा आज मलाई यो प्रतिवेदन हस्तान्तरण गर्न लागेकोमा खुसी छु भने। उनले प्रतिबेदन छिटै प्रधानमन्त्री समक्ष पेश गर्ने बताए ।

नेपालमा भएका प्रजातान्त्रिक आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा जनमत सिर्जना गर्न प्रवासी नेपालीहरुको ठुलो योगदान रहेको चर्चा गरे। नेपालले संविधान जारी गरेपछि भारतले एकपक्षीय रुपमा लगाएको नाकावन्दीको विरुद्धमा राष्ट्रसंघमा ज्ञापनपत्र वुझाउने देखि संसारभर रहेका भारतीय दुतावासमा विरोधपत्र वुझाउने काममा पनि प्रवासी नेपालीहरुको भूमिका रहेको भन्दै प्रसंसा गरे । अध्ययन र कामको शिलशिलामा बिभिन्न देशमा पुगेका नेपालीहरुको ज्ञाप र सीप नेपालका लागि काम लागोस् भन्ने अपेक्षा समेत उनले ब्यक्त गरे । अव भारतले आफुलाई असल छिमेकीका रुपमा परिणत गर्न नेपालको सार्वभौमसत्ताको सम्मान गर्नुपर्ने बताए । ‘प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा राष्ट्रियताको मुद्धामा अभूतपूर्व रुपमा सवै राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत र वुद्धिजिवीहरु राष्ट्रियताको निम्ति सबै एकठाउ उभिएर संविधान संशोधन प्रस्ताव एकमतले पारित भएको ऐतिहासिक अवस्थामा हामीलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पनि ठुलो मनोवल प्राप्त भएको छ, त्यसैले संसारभरवाट अतिक्रमित भूमि फिर्ता गर्नुपर्ने नेपालीहरुको मागको भारतले सम्मान गर्नुपर्छ ।

नेपालले आफ्नो राजनीतिक नक्सामा कालापानी, लिपुलेक र लिम्प्यिाधुरालाई समावेश गरेपछि भारतसंग केही समय संवादहीनताको अवस्था सिर्जना भएपनि भारतीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा अगष्ट १५ मा नेपाल र भारतका प्रधानमन्त्रीवीच संवाद भएको जानकारी गराए। एक चरणमा सचिव स्तरीय वार्ता समेत भइसकेकोले चांडै नै यो विवाद अन्त्य गर्न सकारात्मक पहल हुने विश्वास व्यक्त गरे। कार्यक्रमका अभियन्ता तथा २०५५ सालमा भएको ‘कालापानी मार्च’ मा मन्त्री भट्टराईसँगै कालापानी समेत पुगेका पूर्व विद्यार्थी नेता थोमस बास्तोलाले प्रवासवाट यस्तो अभियान किन आवश्यकता थियो भन्ने विषयमा चर्चा गरे। उनले नेपाललाई दुख्दा विश्वभरि छरिएर रहेका नेपालीहरूको हृदयमा लाग्ने चोटको साझा अभिव्यक्तिको रूपमा यो अभियान सुरूवात गरिएको बताए ।

देशबाहिर रहँदा देशको माया अझै गहिरो हुने र हृदयको गहिराइमा रहेको देशप्रेमलाई उजागरण गर्न तीन महिनासम्म चलेको यस अभियानले दीर्घकालमा अझ सार्थक परिणाम दिने विश्वास व्यक्त गरे। अगामी दिनमा पनि यस्ता देश र जनताको निम्ती हितकर हुने बिभिन्न अभियानहरू सञ्चालन गर्ने प्रतिबध्दता व्यक्त गरे । हाल बास्तोला अर्थशास्त्र बिषयमा पिएचडी गरिरहेका छन। उक्त कार्यक्रममा अभियन्ता विजयराज भट्टराईले मन्त्री भट्टराईलाई ५० पृष्ठ लामो प्रतिवेदन हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रा.डा. अम्विका प्रसाद अधिकारी, विजयराज भट्टराई, किशोर सापकोटा, नारायण श्रेष्ठ, शंकर पन्त, हेमन्त भेटवाल, पुरुषोत्तम वोहोरा र डीवी सागरको सहभागीता थियो।

कार्यक्रमको क्यानडा बाट डा. तुलसी धरेल, युरोप बाट राजेन्द्र पुडासैनी र अष्ट्रेलियाबाट प्रकाश सेडाईले संयोजन गरेका थिए

 3,750 total views,  9 views today

Related posts