किसानले उत्पादन गरेको सामाग्री नगरपालिकाले खरिद विक्री गर्ने


जनतापत्र, चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाले किसानहरुले उत्पादन गरेको सामाग्री खरिद गर्ने व्यवस्था गरेको छ ।
चौतारा बजारको मुख्य स्थानमा तरकारी संकलन केन्द्रको स्थापना गरेर नगरमार्फत किसानहरुसँग खरिद गरेको उत्पादन उपभोक्तालाई विक्रि वितरणको व्यवस्था मिलाएको हो ।

संकलन केन्द्र सञ्चालनका जिम्मेवारी पाएका कृष्णबहादुर श्रेष्ठका अनुसार, संकलन केन्द्रमा किसानहरुले उत्पादित गोलभेडा, काँक्रो, साग, करेला सिमी जस्ता तरकारी रहेको जानकारी दिए ।
मौसमी उत्पादनको हिसाबले बढी जस्तो गोलभेडा संकिलित भएको सञ्चालक श्रेष्ठको भनाइ छ । श्रेष्ठका अनुसार झ
ण्डै २ सय किलो गोलभेडा संकलन भएको छ ।

संकलन केन्द्रलाई थप व्यवस्थित र किसानहरुको उत्पादनलाई भण्डारण गर्दै प्रोत्साहित गर्नका लागि चौतारा साँगाचोकगढी नगरपालिका वडा न ४ मा अर्को एक चिस्यान केन्द्रको पनि निर्माण हुनेभएको छ ।

 8,495 total views,  2 views today

Related posts