सीप विकासको २ महिने तालीम भोटेचौरमा

जनतापत्र, मेलम्ची ।गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सीप विकासको २ महिने तालीम लिए भोटेचौरमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिका वडा नम्बर २ भोटेचौरका स्थानीय सिप सिकेर आत्मनिर्भरताको बाटो रोज्ने भएका छन् । उक्त तालिम लिएका स्थानीयले जिविकोपार्जनमा सहजता हुने बताएका छन् । स्थानीय सरकारले गरेको लगानी दुरुपयोग नगर्न आग्रह तालिमको आज समापन गर्दै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले बताइन् । सिप सिकाएर आत्मनिर्भर बनाउनका लागि यो तालिम प्रदान गरिएको उल्लेख गर्दै तालीम तालिममै मात्र सिमित नगर्न उनको आग्रह रहेको थियो ।  5,440 total views

 5,440 total views

Read More

साना उद्योगको विकासमा सहकारीको लगानी

दिनेश गेलाल लघु घरेलु तथा साना उद्योगले मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याएको छ । नेपालको संविधान, २०७२ ले आर्थिक विकासका तीन खम्बामध्ये सहकारीलाई एउटा खम्बाको रूपमा परिभाषित गरेको छ । अर्थतन्त्रको बलियो आधार स्तम्भको मान्यताप्राप्त सहकारी क्षेत्रमार्फत गरिने लगानीलाई लघु घरेलु तथा साना उद्योगमा नै केन्द्रित गराउँदै सहकारीको मूल्य र मान्यतालाई सही मार्ग निर्देशित गर्न सकिने छ । जसले सहकारी सिद्धान्तको मूल मर्मलाई उचित सम्बोधन पुग्ने देखिन्छ । सदस्यहरूको जीवनस्तर उकास्न तथा आर्थिक उपार्जनमा लघु घरेलु तथा साना उद्योग प्रवर्द्धनमा सहकारी संस्थाहरूको भूमिका अझ महत्त्वपूर्ण हुन्छ । स्थानीय स्रोत र…

 5,402 total views

Read More

सववहान प्रयोग गर्ने परिवारलाई ३ हजार दिने

जनतापत्र, चौतारा ।सववहानको प्रयोग गरेमा मृतकको परिवारलाई चौतारा साँगाचोकगढी नगरपालिका वडा न १२ ले रु ३ हजार प्रदान गर्ने भएको छ ।वडाको हालै बसेको बैठकले सो वडाभित्रका कसैको मृत्यु भएमा लाश सदगतका लागि सववहान प्रयोग उक्त रकम परिवारलाई दिने भएको हो ।वडा कार्यालयमा मृत्यु दर्ता गर्न आउने क्रममा सववहान प्रयोग गरेको वील उपलव्ध गराइएमा मृतक परिवारलाई उक्त रकम उपलव्ध गराइने वडा अध्यक्ष दीपेन्द्र नेपालले बताए ।  5,958 total views

 5,958 total views

Read More

नगरपालिकाको शिक्षालाई ब्यबस्थित गर्न बनेको शिक्षा ऐन को तेस्रो संशोधन सर्वसम्बत पारित

जनतापत्र, मेलम्ची ।सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको १३ औं नगरसभा सकिएको छ । नगर प्रमुख तामाङले नगरसभामा प्रतिवेदन पेश गरेका थिए । तामाङले प्रस्तुत गरेको प्रतिवेदनमा भवन, योजना तथा पूर्वाधार निर्माण तर्फ चालु आर्थिक बर्षको पौष मसान्तसम्म २५ प्रतिशत योजना निर्माणका कार्यहरु सकिएको छ । पूँजीगत खर्च तर्फ १४.७५ प्रतिशत वित्तिय प्रगति हाँसिल गरिएको प्रतिवेदनमा प्रस्तुत गरिएको थियो । नगरपालिकाको शिक्षालाई ब्यबस्थित गर्न बनेको शिक्षा ऐन २०७५को तेस्रो संशोधन सर्वसम्बत नगरसभाले पारित गरेको हो । नगर प्रमुख आइतमान तामाङले त्यस्तै नगरसभाले विभिन्न विषयगत समितिहरुले चालु आर्थिक बर्षको हालसम्म गरेको कार्यहरुको प्रगती…

 3,224 total views

Read More

अब छिटो भन्दा छिटो तातोपानी नाका खुल्दै

जनतापत्र, तातोपानी ।अब छिटो भन्दा छिटो तातोपानी नाका खुल्ने भएको छ । क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ले यस्तो बताएका हुन् ।तातोपानी नाका रहेको भोटेकोसी गाउँपालिमा विहिबार भएको सो बिषयमा छलफल भएको थियो ।माओवादी केन्द्रको पोलिव्युरो सदस्य समेत रहेका सापकोटाले नाका पूर्बवत सञ्चालनका लागि गरिएको अब छिटै तातोपानी नाका खुल्ने बताएका हुन् ।छलफलका क्रममा बोल्दै सापकोटाले नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङ्गसँगको सम्वाद सुनाका थिए ।माघ २० गते जुगल गाउँपालिकाको रत्नराज्य मावि चनौटेको भवन हस्तान्तरण कार्यक्रम सुरु हुनु अघि राजदूतसँग सांसद सापकोटा र प्रदेश सांसदहरुले…

 3,552 total views

Read More