खाडिचौरमा बस पसलभित्र पस्यो

जनतापत्र , बलेफी ।-बलेफी गाउँपालिका – ७ खाडिचौरमा गाडी दुर्घटना भएको छ । बा ४ ख १९३३ नम्बरको अरनिको बस ब्रेक फेल हुँदा गाडी अनियंत्रित भैइ पसलमा गएर ठोक्किएको छ । सो घटनामा १० जना बढि घाईते भएका छन।खाडीचौरका २ पसलमा क्षेति भएको छ भने गाडिमा सबार सबै यात्रुको अबस्था सामान्य रहेको छ । घाइतेहरुको सदाबहार अस्पताल र खाडिचौर मेडिकलमा उपचार भैइरहेको स्थानिय नारायण कार्किले बताएका छन ।  1,747 total views

 1,747 total views

Read More

गजलः सास फेर्दैछु

कृष्ण तामाङ मरी सकेँ भनिठान्यौ म सास फेर्दैछुअब बल्ल होसमा आएँ आस फेर्दैछु ईच्छा र आकांक्षाको घाँटी रेटेपछिबाँकी जिन्दगी बिसाउने बास फेर्दैछु मनले शान्ति नपाएपछि बाध्य भईपखेटा फड्का मार्ने आकाश फेर्दैछु खानुको के कुरा मुखै कोकाएपछि एकताको दुरी झन् फाट्दै गएपछिबसाईं सराई गरी तिम्रो पास फेर्दैछु ।  3,417 total views

 3,417 total views

Read More

ज्यामिरेको चुली डाँडामा चुलेश्र्वर महादेब मन्दिर निर्माण

नबराज नेपाल, बलेफी ।ज्यामिरेको चुली डाँडामा चुलेश्र्वर महादेब मन्दिर निर्माण सम्पन्न भएको छ ।बलेफि गाउँपालिका वडा नं ५ को कोठे बाट करिब ५ किलोमिटर उक्त स्थानमा करिब १० लाखमा लागतमा चुलेश्र्वर महादेब मन्दिर निर्माण सम्पन्न भएको हो ।मन्दिर निर्माण को लागि बागमति प्रदेश बाट बजेट बिनियोजन गरेको थियो ।उक्त स्थानबाट बलेफिको वडा नं ८, भोटेकोसीगाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरा सुन्दरीगाउँपालिका, चौतारा साँगाचोकगढि नगरपालिका लगायतका स्थानको दुश्य अवलोकन गर्न सकिन्छ । आफ्नो ठाउँ आफै बनाउ भन्ने मुल नाराका साथ पर्यटकीय गन्तव्य स्थल बनाउनको लागि बजेट पार्नपहल गर्नु समाज सेवि रन्जित पौडेल जानकारी…

 1,673 total views

Read More

गजलः आएको हो

आकाश अधिकारी, भोक लागेपछि आमाको काखमा आएको होआमा गुमाएपछि जीवनमा अँध्यारो छाएको हो मेलापात जान्थिन् आमा, बुबा ८माहारा८जान्थेकुपोषणले सायद मुटुको धड्कन बिलाएको हो ज्यून कठिन छ भन्ने, दुधे बच्चालाई के थाहा ?आशमा धाँजा फाटेर कतिपटक सिलाएको हो दुनियाँमा सुख खोज्दै सबै भौँतारी हिँडेका छन्आमाकै काखमा मैले उमंगको गीत गाएको हो ठट्टा तिनीहरू गर्दैछन्, जिन्दगीसँग र आफैँसँगनदेखेर घरभित्र भगवान्, किन मन्दिर धाएको हो ? (माहाराः गाईबस्तु चराउने काम) तनहुँ  4,602 total views

 4,602 total views

Read More

कविताः तिमी निमित्त नायक

यम पी.भुसाल, पर्वत तिमीअर्थात् कथित नायकयथार्थमा निमित्त मात्रै हौकिनकि, तिमी सास फेरिदिन्छौअरुले आदेश दिएआफू बोल्दैनौ, अरु नै बक्छौयुद्धभूमिमा जबरजस्ती पठाइएको छतिमी योद्धा हुनै सक्दैनौ, तरतिमीलाई योद्धा भनिएको छयसैले तिमी निमित्त नायक हौखै ? के छ तिमीसँग युद्ध रणनीति !के छन् हतियारहरू !अहँ, तिमीसँग हतियारको नाममा अलिकतिगिदी र भाँच्चिएको कलम पनि छैनहो त्यसैलेतिमी हावा भरिदिए उफ्रिन्छौहावा छैन, तिमी नभए जस्तै हुन्छौकिनकितिमी निमित्त नायकको नियतिबाट उम्किनै सक्दैनौतिमी परजीवी हौमेरो दृष्टिदोष नभए– परजीवी हौदृष्टिदोष भए–खतरनाक एन्थ्राक्स हौजे भए पनि तिमी निमित्त हौ आफ्नो युद्धभूमिमातिमी अर्कैको सिपाहीतिमी र मुक्तियु्द्ध ?अहँ ! कदापि सम्भव छैनकिनकितिमी…

 3,137 total views

Read More