कृष्णा पौडेल । प्रतिनिधि सभाका सभामुखको निर्वाचनको दिन माघ ५ गते नेपालको संसदीय इतिहासमै नदेखिएका परिदृश्यहरू देखिए। सांसदले रोस्टमबाट सभामुखको अनुमतिबिना नै अन्य सांसदहरूलाई मौन धारण गराए। एक जना सांसदले हत्याको अभियोग लागेका सांसदहरू सभा भवनमा आएको भन्दै त्यसको निरूपणभन्दा पनि मतदानमा सहभागी गराइन्छ कि गराइँदैन भनेर प्रश्न गरे। अर्का एक जनाले प्रतिपक्षी बिहीन संसद सञ्चालन गर्न पाइँदैन भन्दै प्रमुख प्रतिपक्षी दल निर्क्यौल गर्न ध्यानाकर्षण गराए। अन्य बैठकमा जस्तै माननीयहरूको सवाल जवाफ र जुहारी त त्यस दिन पनि राम्रै चल्यो। कसैले मुटुदेखिको मायाका कुरा गरे, कसैले माछा र ढोक्साको कथा…
660 total views, 30 views today
Read More