द्वन्द्व रूपान्तरणका चुपबहादुर थापा, मेलमिलाप परिषद्को सदस्यमा नियुक्त

जनतापत्र, चौतारा ।सिन्धु पुत्र चुपबहादुर थापा मेलमिलाप परिषद्को सदस्यमा नियुक्त भएका छन् । सुनकोसी गाउँपालिका ६ का थापा, मेलमिलाप परिषद्को साउन २५ गते बसेको बैठकले उनिलाई सदस्यमा नियुक्ति गरेको हो ।मेलमिलाप परिषद्का सदस्य सचिव तथा सर्वोच्च अदालतका रजिस्ट्रार नारायण प्रसाद पन्थीले मेलमिलाप सम्बन्धी ऐन २०६८ को दफा २६ उपदफा (झ) उपदफा (२) बमोजिम थापालाई नियुक्ति गरेको बताएका छन् । थापा लामो समयदेखि मेलमिलाप तथा द्वन्द्व रूपान्तरण अभियानताको रूपमा परिचित छन् ।उनी प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रको संस्थापक अध्यक्ष तथा हाल कार्यकारी निर्देशकको रूपमा आबद्ध रहेका छन् ।  9,046 total views

 9,046 total views

Read More

समाजवादीका सयौं नेता तथा कार्यकर्ता एमालेमै फर्किए ( नाम सहित)

जनतापत्र, चौतारा ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले एकीकृत समाजवादीका नेता कार्यकर्ता सवैलाई एमालेमा स्वागत गर्न आतुर रहेको वताएका छन् ।शनिवार जिल्ला सदरमुकाम चौतारामा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पोखरेलले कम्युनिष्ट एकतालाई एकतावद्ध बनाउँदै राष्ट्र निर्माण गर्न एमाले अध्यक्ष केपी शर्मा ओली लचक भएपनि माधव नेपालले आफ्नो संक्रिणता कायम राखेकोले वताएका छन् । उनले भने राजनीतिक अस्थिरता कायम राख्ने, दक्षिणपन्थी अवसरवादलाई सहयोग गर्ने जस्ता मुलुकको अहितको काममा लाग्ने माधव नेपालको पार्टी धेरै दिन टिक्ने छैन् ।नेकपा एमालमो फर्कदै एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुभाष कर्माचार्यले आपूmहरु गम्भीर आत्मसमिक्षा गर्न तयार भएको बताए…

 3,594 total views

Read More

द्वन्द्व रुपान्तरणमा माकुरा समूह

दश बर्षको अवधिमा प्राकृतिक स्रोतमा आधारित ३०० भन्दा वढी बहुसरोकारवाला द्वन्द्वहरु माकुरा समूहले मिलाएका छन् । करिव ३००० भन्दा बढी माकुराहरुले वर्षौंदेखि मिल्न नसकेका द्वन्द्वहरु मिलाएका हुन् । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण प्रक्रिया मार्फत माकुरा समूहले भटाभट द्वन्द्व मिलाउन थालेपछि माकुरा समूहको व्यापक चर्चा छ । माकुराको नेतृत्व विकास भएर समाजमा छुट्टै पहिचान स्थापित हुन थालेको छ । माकुरा समूहका ब्यक्तिहरु जिल्ला समन्वय समितिको प्रमुख तथा स्थानीय तहमा जनप्रतिनिधि समेत बनेका छन् । कुनैपनि विवादलाई दुवै पक्षको जित जित हुने गरी मिलाउने खुवी हुने भएका कारण माकुराबाट सबै खुशी हुन्छन्…

 4,183 total views,  2 views today

Read More

धर्म,संस्कृति र विकृति विसंगतिहरुबारे केही कुराहरु

कृष्ण गौतम–संविधानतः देशलाई धर्म निरपेक्षमा राखेसंगै निरपेक्ष र सापेक्षको बारेमा बेलाकुबेला बहस, चर्चा परिचर्चा हुदै आएको छ । सैद्धान्तिकरुपमा राष्ट्र धर्म निरपेक्ष नै हुन्छ राज्यले देश भित्र मानीने सवै धर्म संस्कृति प्रति समान व्यवहार गरिनुपर्छ यो नै उच्चतम विचार र आर्दश हो । तर धर्म निरपेक्षको नाममा धर्मको आवरणमा साम्राज्यवादीहरुको हालीमुहाली बढन दिनु भनेको आफ्नो टाउकोमा आफैले आगो लगाउनु सरह हो । यस पंक्तिकारलाई धर्म सस्कृतिको बारेमा धेरै ज्ञान नभए पनि हिन्दु धर्म संस्कृतिमा देखिएका केही विकृति विसंगति र अपव्याख्याहरुको सामान्य चर्चा र विश्लेषण गरी सार्थक वहसको थालनीको लागि यो…

 6,372 total views

Read More

निशुल्क स्वास्थ्य शिविरबाट २०० जना लाभान्वित

सुनिता रखाल ,चौतारा साँगाचोकगढी नगरपालिका ११ को आयोजना र शान्ति सेवा गृह तिलगंगा काठमाण्डौको सहयोगमा चौतारा साँगाचोक गढी नगरपालिका को वडा नं ११ मा निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । शनिवार देखि सुरु भएको उक्त स्वास्थ्य शिविरमा जनरल , दातको उपचार, आँखा ,फीजियोथेरापी , सामान्य ल्याप टेस्ट, महिलाहरुका लागि पाठेघरको उपचार गरिएको थियो । उक्त शिविर कार्यक्रममा बोल्दै ११ नम्बरका वडा अध्यक्ष रोशन राज गिरीले रोग लागेर उपचार नै गर्न लजाउने र वृद्द भएका बुबा आमाका लागि सुविधा होस भन्नको लागि यो शिविर संचालन गरेको बताए । उक्त स्वास्थ्य…

 4,574 total views

Read More