मेलम्चीमा चालकको स्वास्थ्य परिक्षण

जनतापत्र, मेलम्ची ।चालकहरुको स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको छ । इलाका प्रहरी कार्यालय मेलम्चीको आयोजना तथा मेलम्ची नगर अस्पतालको सहकार्यमा सो कार्यक्रम गरिएको हो ।ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक राजेन्द्र थापाले चाडपर्व लाई लक्षित गर्दै प्रहरीले हेलम्बु बसपार्क मेलम्चीमा चालकहरुको आखा , प्रेसर, सुगर लगायत चेक जांच गरिएको बताए ।उनका अनुसार मेलम्ची नगर अस्पतालका प्रमुख श्रीराम अर्यालको नेतृत्वमा स्वास्थ्यकर्मीले सेवा दिएको हो ।  6,828 total views

 6,828 total views

Read More

पत्रकार पौडेल सम्मानित

जनतापत्र, सुनकोशी ।’सिन्धु पत्रकारिता सेतो बाघ’ द्धारा कान्तिपुर दैनिकका उपसम्पादक ऋषिराम पौडेल सम्मानित भएका छन् ।सुनकोशी गाउँपालिकाले विजया दशमी , शुभ दिपावली , नेपाल संवत् , छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा स पौडेललाई ’सिन्धु पत्रकारिता सेतो बाघ’ ले सम्मान गरिएको हो ।अध्यक्ष टपिन्द्र तिमल्सिना , उपाध्यक्ष कान्छी तामाङसहित अन्य जनप्रतिनिधिले उहाँलाई दोसल्ला ओडाएर सम्मान गरेका छन्। ०४९ सालबाट राससबाट पत्रकारिता सुरु गरेका पौडेल नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्वसभापति समेत छन् ।सम्मानित पत्रकार ऋषिराम पौडेलले पत्रकारिता कमाई गर्ने पेशा नभएको र आय आर्जन गर्ने भए व्यापार व्यवसाय…

 1,586 total views

Read More

बलेफीमा शुभकामना आदानप्रदान कार्यक्रम

जनतापत्र, बलेफी ।जिल्लाको बलेफी गाउँपालिकाद्धारा चियापान तथा शुभकामना आदाप्रदान कार्यक्रम गरिएको छ । विजया दशमी ,शुभ दिपावली,नेपाल संवत् ,छठ पर्वको अवसर बुधबार गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।समस्त चाड पर्वहरुको सुखद उपलक्षमा आमन्त्रित उपस्थित सवैमा सुख शान्ती समृद्धि सुस्वास्थ्य र दिर्घ जीवनको शुभकामना प्रकट गदै पालिकामा आफुहरुले कुनै पनि किसिमका विवाद नगरेको र आउँदै गरेको महान पर्व दशैको शुभकामनाको रुपमा पालिकाको विकास निमार्णमा तदारुकताका साथ काम गर्ने गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले बताए । विजया दशमी ,शुभ दिपावली,नेपाल संवत् ,छठ पर्वको शुभकामना दिदै…

 1,134 total views

Read More

नेपानेमा बन्दुक फेला

जनतापत्र, चौतारा । नेपाने जंगालमा एक भरुवा बन्दुक भेटिएको छ ।सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ७ नेपाने जंगालमानेपानेटार सामुदायिक जंगलमा प्रहरी टोली गस्ति गर्दै जाने क्रममा सो बन्दुक भेटिएको हो । बेवारिसे अवस्थामा १ थान भरुवा बन्दुक फेला परेको र बन्दुक कस्को हो भन्ने सम्बन्धमा अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।  1,849 total views,  2 views today

 1,849 total views,  2 views today

Read More

बसको ठक्करबाट महिलाको मृत्यु

जनतापत्र, चौतारा ।बसको ठक्करबाट महिलाको मृत्यु भएको छ ।सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६, अधेरीमा बसको ठक्करबाट महिलाको मृत्यु भएको हो ।काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा. ३ ख ५५४ नं. को अरनिको यातायात बसले सोही ठाउँ बस्ने ४५ वर्षीया माइली तामाङलाई शनिबार ठक्कर दिएको थियो ।सोही बसबाट झरेर बाटो काट्ने क्रममा ठक्कर दिँदा घाइते भएकी उनको उपचारका क्रममा धुलीखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  2,550 total views

 2,550 total views

Read More