सरकार पनि सुदखोर

भास्कर गौतम । सरकार र सुदखोरबीचको मानसिकतामा धेरै समानता, थोरै फरक देखिन्छ । यसको पछिल्लो दृष्टान्त भर्खरै सरकारले सुदखोर शैलीमा गठन गरेको मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदल हो । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई आन्दोलित किसानका समस्या सम्बोधन गर्न निर्देशन दिए । मन्त्री खाणले मन्त्रीस्तरको निर्णयबाट गृह मन्त्रालयका सहसचिव भीष्मकुमार भुसालको संयोजकत्वमा कार्यदल बनाए । तर कार्यदल गठनको कुनै प्रस्ट पत्र वा गठनादेश मन्त्रालयले सार्वजनिक गरेन । न आन्दोलित किसानलाई न सञ्चारजगत्लाई कार्यदल गठनको लिखित व्यहोरा उपलब्ध गराइयो । यो त फगत छलकपटको नयाँ तयारीजस्तो देखियो । २०७९ साउन २७ मा सहसचिवको संयोजकत्वमा गठित छ सदस्यीय…

 7,484 total views,  11 views today

Read More

खत्री एमाले प्रदेश कमिटिमा

जनतापत्र, पाँचपोखरी ।देवेन्द्र खत्री एमाले प्रदेश कमिटिमा सिफारिस भएका छन् । पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ६ का खत्री समाजसेवी हुन् । नेकपा एमाले बागमति प्रदेश कमिटि सदस्यमा देबेन्द्र खत्री सिफारिस भएका छन् ।लामो समय नेपाली कांग्रेसमा क्रियाशिल खत्री कांग्रेसका पुर्व जिल्ला कोषाध्यक्ष समेत थिए ।गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकामा अध्यक्षका प्रबल दाबेदार थिए । दाबेदार धेरै भएर उम्मेदवार छनौटमा ढिलासुस्ती हँुदा आक्रोशित भएर गत २०७८ चैत्र १७ गते एमालेमा प्रवेश गरेका थिए ।उनको एमाले प्रवेशको कारण पाँचपोखरीमा दुई तिहाई बहुमत सहित जीत निकाल्न…

 12,666 total views,  10 views today

Read More

गैरआवासीय नेपालीलाई नागरिकता

बद्री केसी । नागरिकता विधेयक पारित भएसँगै गैरआवासीय नेपाली (एनआरएन) हरूलाई आफ्नो मातृभूमिको नागरिकता हात पर्ने विषय व्यवहारतः सम्भव हुने दिन नजिकिँदै गएको छ । नेपालको संविधानको धारा ९४ ले व्यवस्था गरे पनि ऐन–नियमावली लगायतका प्रमुख कानुनी दस्तावेजहरूबिना गैरआवासीय नेपालीहरूका निम्ति नागरिकता एउटा अमूर्त सपना बराबर थियो । अहिले आएको मूल ऐन हो, जसले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने व्यवस्था गरेको छ । ती अधिकार अन्तर्गत केके पर्छन् भनेर विस्तृत परिभाषाचाहिँ गैरआवासीय नेपाली सम्बन्धी विधेयकले गर्नेछ । उक्त विधेयकको मस्यौदा नेपाल कानुन आयोगले तयार गरेर परराष्ट्र मन्त्रालयमा पेस गरिसकेको छ ।…

 4,805 total views,  8 views today

Read More

नेपाली कम्युनिस्ट आन्दोलनको विगत, वर्तमान र भविष्य

भुपेन्द्र थापा (माधब) कम्युनिस्ट आन्दोलनको इतिहासले आजसम्म यो देशमा ६ जना कार्यकारिणी प्रमुख प्रधानमन्त्री बने । राष्ट्रप्रमुख राष्ट्रपति बने । उपराष्ट्रपति बने । तर जुन वर्गको उत्थानका निम्ति आन्दोलन भयो त्यो कति पूरा भयो कति हुन बाँकी छ । त्यो नेपाली समाजमा प्रष्टै छ । इतिहासमा भएका कमजोरी र वर्तमानको दम्भबाट बाहिरन नसके भविष्य अन्धकार हुने निश्चित छ । नेपालमा राणा विरोधी आन्दोलनका पहिलो विद्रोही योद्धा थिए लखन थापा मगर । उनलाई वि.सं. १९३३ सालमा मृत्युदण्ड दिएर सामान्ती शाही शासकहरूले आफ्नो सत्ता विनासको निम्तो दिएका थिए । १९९७ सालमा टंकप्रसाद…

 4,033 total views,  6 views today

Read More

समृद्ध नेपालका लागि डोजरे र टुक्रे विकासको असर

निरज पोखरेल । सार्वजनिक स्थान, चिया गफ, गोष्ठी, सभा सेमिनार र राजनीतिक दलका कार्यक्रम आदिमा धेरै व्यक्तिले ‘विनाशविना विकास सम्भव छैन’ भनेको सुनिन्छ । यो कुरालाई अस्वीकार गर्न त सकिँदैन । तर वातावरणमा पर्ने प्रभाव, त्यसबाट निम्तिन सक्ने जोखिम र कम विनाश गरी अधिकतम विकासका आयोजना सञ्चालन कसरी गर्न सकिन्छ भनेर हामीकहाँ कम छलफल हुने गरेको छ । यस्ता विषयमा छलफल गर्दा कतिपयले विकास विरोधीको आरोप लगाउने गरेको पाइन्छ ।वास्तवमा केही विनाशविना विकासको खाका कोर्न सम्भव छैन । किनभने कुनै ठाउँको विकासका लागि त्यहाँका प्राकृतिक स्रोत साधन एवं कृत्रिम संरचनाहरूमा…

 4,621 total views,  10 views today

Read More