२१ सदस्यीय कार्यसमिति सहित समाजवादी बलेफीको अध्यक्षमा श्रेष्ठ

जनतापत्र, बलेफी ।ज्ञानेन्द्र श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बलेफीको अध्यक्षमा निर्वाचित भएका छन् । एकीकृत समाजवादी बलेफी गाउँपालिकाद्वारा आयोजित भेला तथा बैठकद्धारा श्रेष्ठ चयन भएका हुन् ।शनिबार बलेफीमा आयोजित भेलाले उपाध्यक्षमा सिरुपाते तामाङ्ग र इच्छाराम तामाङ्गलाई चयन गरेको छ भने सचिबमा गोविन्दकाजि नेपाल चयन भएका छन् । भेलाले २१ सदस्यीय कार्यसमिति चयन गरेको बागमती प्रदेश सदस्य एवम् चौतारा साँगाचोकगढी नगरपालिकाकि उपमेयर सीता थापाले बताइन् ।  1,368 total views

 1,368 total views

Read More

मेलम्ची नगर अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

जनतपत्र, मेलम्ची । एक थान एम्बुलेन्स मेलम्ची नगर अस्पताललाई प्रदान गरिएको छ । उक्त एम्बुलेन्स सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का संसद् मोहन बहादुर बस्नेतको सहभागितामा हस्तान्तरण गरिएको हो ।  अस्पतालको भौतिक अवस्था जीर्ण रहेको जानकारी गराउँदै प्रदेश र सङ्घीय सरकारलाई अस्पतालको भौतिक संरचनाको संरक्षणका लागी मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आग्रह गरे । आफ्नो कार्यकालमा छाप भञ्ज्याई फट्केश्वर सडक, मेलम्ची हेलम्बु सडक, लगायतका सडक कालोपत्रे गर्नुका साथै मेलम्ची क्षेत्र समृद्ध बनाउन लागि पर्ने कुरामा उनको जोड रहेको थियो ।   1,023 total views,  2 views today

 1,023 total views,  2 views today

Read More

मेलमिलाप प्रकृयालाई स्थापित गरौं – बलेफी गाँउपालिकाका अध्यक्ष तामाङ

जनतापत्र, बलेफी ।बलेफी गाँउपालिकाले मेलमिलाप सम्वन्धी आधारभूत तालिम संचालन गरेको छ । बैशाख ८ गतेवाट १५ गतेसम्म संचालन भएको सो तालिमको समापन सत्रमा बोल्दै बलेफी गाँउपालिकाका अध्यक्ष गंगावहादुर तामाङले मेलमिलाप केन्द्र व्यवस्थापन र मेलमिलाप कर्ताहरुलाई प्रोत्सानका कार्यक्रमहरु तयार पार्ने बताएका छन् । उनले मेलमिलाप कार्यबिधी आगामी गाँउसभामा पारित गर्ने वताएका छन । उनले थपे विवाद समाधानमा मेलमिलाप प्रकृयाको धेरै महत्व छ यसलाई स्थापित गरों । कार्यक्रमका अध्यक्ष तथा बलेफी गाँउपालिकाका उपाध्यक्ष सरु लामाले मेलमिलाप तालिम प्रभावकारी भएको र यसलाई वडा वडामा मेलमिलाप अभियान संचालन गर्न योजना वनाउने बताइन । उनले…

 3,156 total views,  27 views today

Read More

कृषकहरूलाई अनुदानमा मिनिटिलर हस्तान्तरण

जनतापत्र, मेलम्ची ।कृषकहरूलाई मेलम्ची नगरपालिकाले आज एक कार्यक्रमका विच ३५ वटा मिनिटिलर बितरण गरेको छ । नगरपालिकाका प्रमुख आइतमान तामाङले कृषकहरूलाई मिनिटिलर हस्तान्तरण गरेका हुन् । नगरपालिको जानकारी अनुसार कृषि यान्त्रिकरण कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा मिनिटिलर कृषकहरूको मागको आधारमा सो कृषि सामाग्री वितरण गरिएको हो ।मेलम्ची नगरपालिकाका कृषि शाखा प्रमुख अमरनाथ आचार्यको जानकारी अनुसार, आर्थिक बर्ष २०७९÷८० को स्वीकृत कृषि बिकास कार्यक्रम अन्तर्गत सो मिनिटिलर बितरण गरिएको हो ।किसानलाई प्रभावकारी ढंगले काम गर्न सहज होस भनेर मिनिटिलर बितरण गरिएको नगर प्रमुख तामाङले बताए ।  954 total views

 954 total views

Read More

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रथम भेला इन्द्रावतिमा

जनतापत्र, इन्द्रावति ।लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल इन्द्रावती गाउपालिका कमिटीको प्रथम सम्पन्न भेलाले अध्यक्षमा हेमन्त तामाङलाई चयन गरेको छ । २५ सदस्यीय कमिटीमा उपाध्यक्षमा पम्फा राना मगर, सचिवमा मुक्ति लामा, सहसचिवमा सरोज माझी र कोषाध्यक्षमा लाक्पा तामाङ निर्वाचित भएका छन् ।जित बहादुर तामाङ, चरिमाया माझी, केदार आले मगर, विचारी तामाङ, सोम बहादुर तामाङ, ज्ञान बहादुर तामाङ, सुक बहादुर तामाङ, विक्तम तामाङ, बाटुले माझी, कृष्ण दास श्रेष्ठ, सबिन तामाङ, सोनाम लामा, मिलन तामाङ, शेर बहादुर तामाङ, मोहन लाल श्रेष्ठ, बिनोद तामाङ, सञ्च बहादुर तामाङ, विराज तामाङ र भुपेन्द्र तामाङ कमिटी सदस्यहरु…

 613 total views

Read More