जनतापत्र, इन्द्रावति ।सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिका वडा नं ५ ले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाभित्रका ८० बर्ष पार गरेका जेष्ठ नागरिकलाई फलफुलतथा जुस बितरणसहित दोसल्ला ओढाएर सम्मान गरेको हो । इन्द्रावती ५ का वडा अध्यक्ष शशिनाथ आचार्यको जानकारी अनुसार, अन्तराष्ट्रिय मजदुर दिवसको अवसर पारेर सो कार्यक्रमको आयोजना गरिएको हो ।८० बर्ष कटेका ५० जनाभन्दा बढी जेष्ठ नागरिकहरु वडाभित्र रहेको वडा कार्यालयको तयाङ्कमा रहेको छ ।८० बर्ष माथीका बृद्वबृद्वालाई भेट्न वडाव्यापी रुपमा गइरहेको वडा अध्यक्ष आचार्यले बताउनुभयो ।५ नं वडा कार्यालयको तर्फबाट यो कार्यक्रमको आयोजना गरिएको हो । सामाजिक क्षेत्र…
666 total views
Read More