अस्ट्रेलिया र चीनबीचको सम्बन्धमा केहि समयदेखि सुधारका लागि पहल

जनतापत्र ।अस्ट्रेलिया र चीनबीचको सम्बन्धमा पछिल्लो केहि समयदेखि सुधारका लागि पहल भएको छ ।हालै बेइजिङमा अस्ट्रेलियाका व्यापारमन्त्री डन फारलले चीनका आफ्ना समकक्षी वाङ वान्ताओसँग भेटवार्ता भएको छ । उक्त भेटवार्तापछि दुई देशको व्यापारिक सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको छ । चीनले अस्ट्रेलियाबाट आयात खुलाउन लचकता देखाएको हो । बिहीबार क्यानबेरामा पत्रकारसँगको संवादमा अस्ट्रेलियाबाट काठ आयातलाई निरन्तरता दिइने अस्ट्रेलियाका लागि चीनका राजदूत झाओ क्वानले जानकारी दिए ।यो अभिव्यक्तिपछि अन्य व्यावसायिक अवरोधहरुसमेत कम हुने अपेक्षा गरिएको छ ।  2,750 total views

 2,750 total views

Read More

कविताः नङ्ग्रा

जगन्नाथ पौडेल वर्षौंदेखि उत्तानो सुतिरहेछसोमालियाको भोको टपरीबालुवा कोरलिरहेको एक्लो सिउँडीझैं कसैसँग छैन उसलाई ओढाउनेभातजस्तो सेतो टालोकसैसँग छैन उसलाई अढाउनेपाउरोटीजस्तो गोलो सिरानीपूर्वको रूखो बतास आउँछर भोक हल्लाएर अर्को कुना पुर्याउँछपश्चिमको भूमरी आउँछर रिङ्गटा लगाएर पछार्छयुध्दको खबर बोकेरकागहरू झम्टा मार्छन्आकाशको छातीमा चिलहरू भोक खप्न मान्दैनन्रटपरी नै झम्टिन्छन् नङ्ग्रालेजहाँ बालक र टपरीहरूभोकको अनुहार साटासाट गरिरहन्छन् ओपाउरोटीको फुटबल खेल्नेभस्मेश्वरहरू होआऊएउटा कविता पढौंरभोकको भाव सूचित गरौं++ओक्षेप्यास्त्रका चस्माहरू आऊतिम्रो अहमभन्दा पहिलेसासको उमेर बचाऔँगाँसको आकार बचाऔं रआँखा चिम्लेर गाउन मिल्नेमानवताको गीत रचौं ।  1,308 total views,  4 views today

 1,308 total views,  4 views today

Read More

ठोकर्पा आधारभुत अस्पतालको उद्घाटन

जनतापत्र, सुनकोशी ।नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतद्धारा सुनकोशी गाउँपालिका १ ठोकर्पामा एक एक पाइला ठोकर्पा आधारभुत अस्पतालको समुद्धाटन सम्पन्न भएको छ । बिहिबार अस्पतालको समुद्धाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेकास्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले सो अस्पतालका लागी एम्वुलेन्स उपलब्ध गराउननुका साथै अस्पतालको स्तरोन्नती र आवस्यक उपकरणमा सहयोग गर्ने जानकारी दिए ।एक पाईला फाउन्डेशनका अध्यक्ष सुमन समसेर थापालेसुनकोशी गाउँपालिका र एक एक पाईला फाउण्डेसनको सहकार्यमा संचालित सो अस्पतालको उद्घाटन भएको बताए ।त्यस्तै मन्त्री बस्नेतले कोरोना कालमा जिल्लामा अक्सिजन प्लान्टको स्थापना गर्नुका साथै ६१८ स्वास्थ्यकर्मीको कोभिड बिमा…

 2,775 total views,  1 views today

Read More

चोरी मुद्धाका फरार अपराधी पक्राउ

जनतापत्र, चौतारा ।चोरी मुद्दामा फरार रहेका अपराधिलाई सिन्धुपाल्चोक जिल्ला प्रहरीले पक्राउ गरेको छ । पाँचपोखरी थाङपाल गाउँपालिका सुकवीर तामाङलाईजिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो । दिउँसो २ बजेको समयमा जिल्ला सिन्धुपाल्चोक टारबाट पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राम कुमार यादवले बताए । उनि चोरी मुद्दामा तिन बर्ष कैद र तिस हजार जरिवाना सजाँय भई फरार रहेका थिए । प्रहरीले पक्राउ गरी बिहिबार ४ गते सिन्धुपाल्चोक जिल्ला अदालत पेश गरि अदालतले उनलाई लागेको कैद÷जरिवाना सजाय असुल उपरका लागि आजै जिल्ला…

 2,342 total views

Read More