तामाङ समाज युकेले जुगल गाउँपालिकालाई दियो सहयोग

जनतापत्र संवाददाता, जुगल ।

लिदि पहिरो पिडितलाई दिगो ब्यबस्थापनका निम्ति जुगल गाउँपालिकाले विभिन्न सहयोगी सस्थाहरु संग समन्वय गरिरहेको गाउँपालिका उपाध्यक्ष सृजना तमाङले बताउनु भयो।

जुगलको गहिरो घाउमा मलम पट्टि लगाइ दिनुहुने तामाङ समाज यु.के. लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । जहाँ रहे पनि मनकारी सहयोगि हात हरुलाई सहयोग गर्ने कसैले रोक्न सक्दैन भने झै जुगल लिदिको पहिरो प्राभाबित परिवार हरुको लागि दिगो ब्यबस्थापन गर्ने हाम्रो अभियानमा साझेदारी बन्दिनु भएकोमा महत्त्वपूर्ण सहयोग को उच्च कदर गर्दछौं उपाध्यक्ष सृजना तमाङले बताउनु भयो।

पहिरो पिडितहरु २९ घरलाई तत्काल ब्यबस्थापनका निम्ति तामाङ समाज Uk ले गाउपालिकाको प्रकोप ब्यबस्थापन खातामा २ लाख ७२ हजार जम्मा गरिएको र सहयोगी हातहरुलाई जुगल गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ।

 24,496 total views,  5 views today

Related posts