कविता प्रतियोगितामा प्रथम स्थानमा सुष्मा


जनतापत्र, चौतारा ।
चौतारा सागाँचोकगढी नगरपालिकाको सहयोगमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले गरेको जिल्ला स्तरीय कविता प्रतियोगितामा सुस्मा तिमल्सीना प्रथम भएकी छिन् । जिल्ला स्तरीय कविता प्रतियोगितामा तथा नगर सास्कृतिक उत्सव २०८० को
शुक्रवार चौतारा सागाँचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त प्रतियोगितामा ७ जना कबिहरुले आफ्नो कबिता प्रस्तुत गरेका हुन् । प्रतियोगितामा ‘सिङ्गो पाठशाला’ शीर्षकको कविता वाचन गरेर तिमल्सीना प्रथम हुँदा विनोद श्रेष्ठले “म सिन्धु पुत्र हुँ“ शीर्षकको कविता वाचन गरे द्वितीय स्थान हासिल गर्नु भएको छ ।
“आह्वान“ शीर्षकको कविता वाचन गरेर राजाराम तिवारी तृतीय भएका छन् ।

जिल्लाभरिबाट प्राप्त कविताहरुबाट उत्कृष्ट ७ वटा कविता छनौट गरिएको थियो भने निर्णायकमा साहित्यकार अमित घिमिरे र साहित्यकार दिल कार्की रहेका थिए ।

प्रथम ,द्धितिय , तृतिय हुने कबिहरुलाई नगर प्रमुख सापकोटा र प्रेस सेन्टर जिल्ला अध्यक्ष शुन्दर शिरिषले नगद सहित प्रमाण पत्र प्रदान गरे ।

 1,841 total views,  2 views today

Related posts