जन्मदिनको शुभकामना छोरी सायुना-


टीका सुवेदी-आज छोरीको जन्म दिन । हामी बाबा आमा बनेको र उनि हाम्रो जिन्दगीमा आएको पनि आज ११ बर्ष पुगेछ । जन्म दिनको धेरै धेरै शुभकामना मेरी प्यारी सायुना । हरेक बाबू आमाको निम्ति आफ्ना सन्तानहरुको जन्मदिन निकै महत्वपुर्ण रहन्छ । किनकी हरेकका सन्तान उनिहरुकै रगत पसिना र भावनाबाट सिर्जिएका अमुल्य उपहार हुन ।
सबै छोरीको भाग्यमा बाबू आमा लेखिएको हुन्छ तर थोरै आमाबाबुहरुको भाग्यमा मात्रै छोरी लेखिएको हुन्छ । यस अर्थमा तिम्रो बाबु आमा हुन पाउनु हाम्रो लागी ठुलै सौभाग्यको कुरा हो । तिम्रो बाबा र मामु हुन पाएको मा हामीा गौरव महशुस गछौं हामी आफैसँग । परिवारमा तिम्रो उपस्थिति साँच्चिकै महत्वपुर्ण छ, छोरी ।
हाम्रा लागि सबैभन्दा ठूलो दिन २०७९ असोज ५ गते थियो । जब हाम्रो पहिलो सन्तानको रुपमा तिम्रो आगमनले हाम्रो जीवनमा नौलो बिहानी लिएर आयो । जतिबेला तिमी हाम्रो घरको सदस्य भएर यस दुनियाँमा आएकी थियौ, त्यो समय हाम्रा निम्ति महत्वपूर्ण रहेको थियो । त्यो क्षण, त्यो समय मेरो लागि एक्दम हर्षको अनुभूति र सुखद पल थियो ।
चौतारा अस्पतालको त्यो प्रशुति कक्षभित्र अनमीको साथमा तिम्रो मामुको पेटबाट निस्कीदै आफ्ना सुन्दर आँखाले पहिलोपटक यो धर्ती नियाल्दा हाम्रो खुशिको कुनै सिमाना थिएन । हामीले हृदय देखि नै तिम्रो आगमनमा खुशी मनाएका थियौ । म जति खुशी थिए सायद त्यो भन्दा कैयौं गुणा बढि खुशी तिम्रो मामु थिइन ।
छोरी तिमी सानै देखि सबैकी प्रीय, सन्तोषी, हँसिली र अत्यन्तै ज्ञानि पनि छौ अनि मीठो बोल्न बरदान नै पाएकी छौ । उमेरले सानै भएपनि ति तिम्रा कुराहरु हरेक कुराहरु बुझ्ने एक परिपक्क ब्यक्तीका जस्ता हुन्छन्, यी कुराहरुले मेरो मन फुरुङ्ङ हुन्छ । तिमी धेरै जान्ने भएकी छौ ।
भाई पनि त ठुलो हुदैंछ । तिम्रो असल साथीको रुपमा उ खम्वा जस्तै उभिएको छ । भाई जस्तो वनेको छ तिम्रो कारण नै वनेको छ । थाहा छ नी सायु भाईले हामीलाई भन्दा नि तिमीलाई धेरै माया गर्छ । भलै झगडा गर्छ, कराँउछ तर तिमि एकछिन कतै जादाँ उ कति तिमीलाई खोजेर वस्छ ।
छोरी तिमीलाई यी नजरदेखी टाढा कहिल्यै राख्न नपरोस् । जीवनमा ठूलो भन्दा पनि असल व्यक्तिको रूपमा तिमीलाई उभ्याउने हाम्रो प्रयास सधैं रहने छ । हाम्रो मात्र होइन सिंगो समाजका थुप्रै दुखेका मनहरूको समेत खुसीको कारण बन्न सक्षम हुनू, आशीर्वाद छ छोरी सायुनालाई ।

फेरि पनि भन्छु छोरी, जिन्दगीमा ठूलो मान्छे होइन असल मानिस बन्नू, जिन्दगीको बाटोमा आउने हरेक चुनौतीसँग मुस्कुराउदै लड्ने शक्ति मिलोस, तिमीले चालेको प्रत्येक पाईलाले सफलताको शिखर चुम्न सकुन
तिम्रा बाबा ,मामु र भाईको तर्फबाट तिमीलाई जन्मदिनको लाखौँ लाख शुभकामना हाम्री प्यारी सायुना जन्मदिनको धेरै धेरै सुभकामना।

 3,020 total views,  10 views today

Related posts