हृदय भरि छ उज्यालोको गीत

टीका सुवेदी

मैले एउटा घाम देखें,
त्यो मेरो विस्वासको प्रतिविम्व हो
मैले एउटा जुन देखें ,
त्यो मेरो विचारको आस्थापुञ्ज हो ।

हिमालको शिर झैं मेरो स्वाभिमान
तराईको फाँट झैं मेरो अभियान
कोइलीले गीत गाउछ मेरो मर्ममा
लाखौ फुल फुल्ने छ मेरो कर्ममा ।

हृदय भरि छ उज्यालोको गीत
रगतमा वग्दछ निमुखाको प्रीत
आगोले पोलेर माया मर्दैन
पातहरु झरेर रुख ढल्दैन ।

 2,223 total views,  2 views today

Related posts