
जनतापत्र, काठमाण्डौं । चर्चित गायिका शान्ती परियारले गाएको गीत म झरेको पात यति वेला चर्चामा छ । प्रकृतिसंग जोडेर गाएको सो गीतका गायिका शान्ती परियार भन्छीन, यो बेलामा मैले गाएका ब्याबसायीक गीत हरुले एक पछि अर्को सफलता न पाइरहेका पनि होइनन , पछिल्लो समयमा आएका गीत हरु दर्शक श्रोताले अत्याधिक मन पराएर माया पनि गर्नु भएको छ ।
जुन गीत आज हजुर हरु सामु लिएको छु यो भने ब्याबसायीक गीत होइन ।
तर शृजना प्रतिको थोरै चाहना चाहि हो, अनि मेरो आफ्नै युटुव च्यानल पनि भएकोले अपलोडको लागी पनि हो ,हजुर हरुले धेरै माया गर्नु भयो भने पनि खुशि मिल्ने मन पराउनु भएन भने पनि निराशा चाहि हुने छैन, किनकि यो प्रयास मात्र हो। यो बिल्कुल घरमा वसेर निर्माण गरेको हो , नारायण भूजेल ,जितु, र म मिलेर कोशिश चाहि गरेका छौ। यस्तो बिषम परिस्थितिमा गीतकै कुरा किन भन्ने पनि लाग्ला, हामि यो अबस्थामा पिर चिन्ता मात्रै लिएर बस्नु भन्दा मनोरन्जनात्मक कुरामा ध्यान मोडियो भने केहि क्षण भए पनि आफुलाइ फ्रेस गर्न सक्छौ जस्तो लागेर मात्रै हो अन्यथा हजुर हरुकै हातमा छोडे है भनेकी छिन ।
42,119 total views, 39 views today