केदार क्षेत्री अरनिको यातायात समितिको अध्यक्षमा निर्वाचित


जनतापत्र, चौतारा ।
केदार क्षेत्री अरनिको यातायात समितिको अध्यक्षमा निर्वाचित भएका छन् । क्षेत्रीले २०६३ देखी २०६९ साल सम्म दुई कार्याकाल अरनिको यातायात समितिको अध्यक्ष भएर काम गरिसकेका थिए । राजनितीमा होमिएपछि यातायात व्यवसायबाट टाढिएका क्षेत्री ११ बर्षपछि पुनः यातायात व्यवसायी क्षेत्रीले नेतृत्व गर्ने भएका छन् । सिन्धुपाल्चोक बलेफी गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत रहेका क्षेत्री नेकपा एमालेबाट राजनिती गरिरहेका हाल नेपाली काँग्रेसमा सक्रिय छन् ।
अरनिको यातायात समितिको अध्यक्षमा केदार उनी निर्वाचित भए । अरनिको यातायातको नेतृत्व अब केदार क्षेत्रीले गर्ने भएका हुन् ।
अरनिको यातायातले सिन्धुपाल्चोक , काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप लगाएतका जिल्लाका दुरदराजसम्म यातायात सेवा प्रदान गरिरहेको छ ।
अरनिको यातायात सेवा समितिको नामबाट सञ्चालन शुरु भई पूर्व यातायात प्रा.लीमा रुपान्
तरित संस्थाको ५० औं वार्षिक साधारणसभा तथा अधिवेशन अन्तर्गत बुधबार भएको मतदानबाट बाट केदार क्षेत्री अध्यक्षमा निर्वाचित भए । क्षेत्रीले २९७ मत ल्याएका थिए भने उनका प्रतिष्पर्धी उद्वव गौतमले १२६ र नृपध्वज महतले ११८ मत प्राप्त गरे । गौतम र महतको मतको योगफल भन्दा क्षेत्री एक्लैले पाएको मत धेरै हो ।

 3,544 total views,  56 views today

Related posts