पत्रकारले लेखे दशैतिहार सम्वन्धी गीत

संचारकर्मी टीका सुवेदीले लेखेको दशैंतिहार विषयको गीत यतिवेला चर्चामा छ । विषेशत परदेशी र घरदेशीको वास्तविक चित्रण गरिएको सो गीत भेटौन दशै र तिहारमा भन्ने एल्वममा समाहित छ । कलाकार होम सुवेदी र सपना थापाले स्वर भरेको सो गीत युटुववाट पनी सर्वजनिक भैसकेको छ ।
प्रगतिधार साहित्यकारको रुपमा देखिएका टीका सुवेदीले विगतका दिनमा पनि धेरै गीतको शव्द कोरीसकेका छन । विगत १० वर्षदेखी पत्रकारितामा रहेका सुवेदी साहित्यमा पनि निरन्तर कलम चलाउदै आएका छन । भञ्याङको पीपल पातैमा, लाइदेउ फुलको मालालगायत लोकगीत लेखेका सुवेदीले हिंउफुल र अविरल वग्ने सुनकोशी जस्ता राष्ट्रभक्ती गीत सृजना गरे । उसो त उनिले गीति संग्रह गर्जन, रक्तिम यात्रा उपन्यास र उफान संयुक्त कविता संग्रह जस्ता पुस्तक पनि लेखे ।
जनतापत्र साप्ताहिकका प्रकाशक ,सम्पादक सुवेदीका हरेक रचना जनजिविकाको पक्षमा रहने गर्दछ । सुवेदीका गीतलाई स्वरवद्ध गर्दै आएका उनैको भाई होम सुवेदीले भटौन दशै र तिहारमा लयवद्ध गरेका छन ।

 300 total views,  4 views today

Related posts