सकारात्मक कामको थालनी गरेका छौं

जेपी सिलवाल ।
हरेक वर्ष झै यो वर्ष पनि सिन्धुपाल्चोक जिल्लाको विभिन्न गाउँमा प्रकृति प्रकोपले सपना चकनाचुर बनायो बिहान उठेर आँखा मिच्दै गरेका नागरिकहरुको ज्यान लिदिको पहिरोले लियो ।
मेलम्चीमा कबड हल बनाउन मजदुरी गर्न आएका मजदुरहरु आफ्नो घरमा फर्किनै नपाइ सुतेकै ठाँउमा पहिरोले पुरिएर जीवन गुमाए नाम्फाका नागरिकहरुले बुनेको सपना पहिरोले पुरिदियो न लाएको बाली भित्राउन पाए न त परिवारसंगको खुशी साट्न पाए पहिरोले नागरिकको जिवनमा कालो दिन ल्यायो ।
यो वर्ष बाढी पहिरोले देशभरलाई हेर्दा २६२ जनाको पहिरोले पुरिएर र बाढीले बगाएर मृत्यु भयो!८ करोड भन्दा बढीको क्षति भयो यसलाई हेर्दा सिन्धुपाल्चोकमा सबै भन्दा बढी क्षति पुर्याएको छ । हरेक वर्ष यश जिल्लाको गाउँ गाउँ कहिले भुकम्प कहिँ पहिरोले सताइरहेको छ!तर औसतमा हेर्दा यो वर्ष जनधनको क्षति बढी भएको देखिन्छ ।
बिपद ब्यबस्थापन गर्न बनेको केहि नितिहरुलाई हेर्दा विगत दस वर्षमा सयौं नागरिकहरुको ब्यबस्थापन र बिपत्तिमा कसरी जोगिने भन्ने कुराको हजारौं ब्यक्तिहरुमा जनचेतना जगाउने जिम्मेवारी स्थानीय तहलाई तोकिएको देख्न सकिन्छ!तर निति सम्बन्ध स्थानीय तहले (लापा) अन्तर्गत पाएको जिम्मेवारी पूरा गर्न नसक्दा नागरिकहरुले अकालमा ज्यान गुमाउने र घरबार परिवार गुमाएर आफू बसेको बस्ती छोडेर लाखापाखा लाग्नुपर्ने स्थिति आइपरेको छ ।
यस्तो विपत्तिको समयमा गरेको सहयोग कुनै दल विशेषले राजनीति गरेको नभई मानवीयताको दृष्टिकोणले गरिएको सहयोग सम्झन जरुरी छ । चाहे एमालेरमाओवादी वा कांग्रेस नै किन नहोस् विपत्तिमा गरेको सहयोग राजनीति होइन भनेर बुझ्न् जरुरी छ!स्थानीय तहका धेरै पालिकाहरुलाइ हेर्दा प्रमुखरउपप्रमुख बाहेक वडा अध्यक्षहरु अहिले पनि फरक पार्टीका छन् त्यसैले अप्ठ्यारोमा परेका नागरिकहरुलाइ गरेको सहयोग राजनीति होइन ।
राजनीति पेसा होइन सेवा हो त्यसैले सबै पार्टीका नेता कार्यकर्ताहरुले बुझ्न् जरुरी छ कि?अप्ठ्यारो,बिपत्ति,रोग अनि भोकमा पिरोलिएका नागरिकहरुको ब्यबस्थापन,संरक्षण गर्नु आफैंमा राजनीति होइनन् त्यो सेवा राजनीति त त्यो समयमा हुन्छ!जुन समयमा उमेदवार भएर चुनावको मैदानमा पुगिन्छ हार अनि जितको अंक गणीत सुरु हुन्छ त्यो पो राजनीति हो साथी पहिरोले पुरिएका नागरिकलाई ब्यबस्थापन गर्नु कुनै राजनीति होइन सबैले बुझ्न् जरुरी छ ।
जुगल गाउँपालिकाको युवाहरुको अगुवामा विपद ब्यबस्थापन संसदीय समिती बनाएर जुगलका गाउँपालिकाको विभिन्न वडामा समस्या परेका नागरिकहरुलाई सहयोग र ब्यबस्थापन गर्न स्थानीय सरकार लगाएत पार्टीलाई पनि खबरदारी गर्न हामी जुटेका छौं यसलाई राजनीति भनेर नबुझौ हामीले सकारात्मक कामको थालनी गरेका छौं यसलाई राम्रो मानेर अरु स्थानीय तहमा पनि पुर्याउदा खास फरक पर्दैनन ।
सरकार र पार्टीलाई जहिले सम्म आफ्नो मातहतका संगठन र नागरिकले खबरदारी गर्ने जमर्को गर्दैनन् त्यो बेलासम्म कोहि एकजना कराएर खास परिवर्तन आउदैन!सकारात्मक बाटोमा हिंड्न् पर्छ भन्ने अभियान हामीले सुरु गरेका छौं यसलाई राजनीति नमानिदिदा राम्रो विपत्तिमा परेका नागरिकको ब्यबस्थापन हाम्रो धर्म हो भन्ने बुझौ ।

 3,967 total views,  2 views today

Related posts