नेकपामा दुई लाईन संर्घषले मान्यता पाउदैं

टीका सुवेदी ।
अहिलेको अवस्था हेर्दा नेकपा फुटतिर नै ताकिदैं छ । प्रचण्डको नेतृत्व प्रस्तावित दस्तावेजको उपर छलफल भएको छैन । अव ओली नेतृत्वको दस्तावेज निर्माण हुदै छ । यसले नेकपाको दुईलाईन संर्घष घनिभूत रुपमा चल्ने निश्चय नै छ । प्रचण्डको दस्तावेजमा ओली प्रवृत्तिको व्यापक आलोचना गरिएको छ भने अव ओलिले नि प्रचण्ड प्रवृत्तिको आलोचना वृहत्त ढंगवाट हुने आशंका गर्न सकिन्छ ।
यो दस्तावेजको दुवै पत्रले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा वैधानिकता पाउने छ । यसकै आधारमा कस्को दस्तावेज पारित हुने भन्ने रस्साकस्सी चल्ने छ । तल्लो तहसम्म छलफलका लागी ल्याउन सक्ने प्रवल सम्भावना छ । यो संगै दुवै अध्यक्षलाई लगाइएको आरोप पनि दस्तावेजको रुपमा रहने छ ।
अहिलेको अवस्थामा फुटाउ र राज गरको हावा चलिरहेको छ । केही माथिल्लो तहका नेताहरुमा नेकपा फुट्नु हुदैन भन्ने भावना जागृत त भाको छ । त्यो पंक्तीले कति सम्म सहजीकरण गर्न सक्क भन्ने हो । यति त्यो पंक्ति सेलायो भने नेकपा विभाजनको वाटोमा हिड्ने छ ।
नेकपाको यो संघिन घढिमा दुवैलाई परिमार्जन गरि अर्को दस्तावेज वन्न जरुरी हुन सक्छ । या यि दुवै दस्तावेजलाई एकिकृत गरि साझा दस्तावेज वन्नु पर्दछ । हुन त केपी नेतृत्वको दस्तावेज कस्तो वन्छ हेर्न वाकी छ । हामीले के अड्कल काट्न सकिन्छ भने प्रचण्ड नेतृत्वको दस्तावेज प्रति खण्डन गर्ने दस्तावेज वन्ने छ ।
हामीले सहजरुपमा के वुझन सकिन्छ भने कम्युनिष्ट नेतृत्व पदका लागी विभाजन सम्म हुने छन । कोहीलाई नभई नहुने ,कोहीलाई छोड्नै मन नहुने । यो प्रवृत्ति नै नेकपाको दुस्मन हो ।
सर्वहाराको पार्टी, यतिवेला वर्गविभेद्को मुद्यालाई सम्वोधन गरिनु पर्दथ्यो । राष्ट्रियता वलियो वनाउनु पर्दथ्यो । जनजिविकाको पक्षमा काम गर्दै यो सरकारले सफा इतिहास निर्माण गर्न पर्दथ्यो । पार्टी कमिटिलाई वालियो वनाउदै युगौं युग सरकार चलाउने पार्टी पद्धति वनाउन पर्दथ्यो ।
जनताको मनमा वस्न पर्ने वेलामा, मन वाट निस्कदै नेकपा कुन वाटो हिड्छ ? अव नेकपाको नेतृत्वले गम्वीर पुर्वक सोचिनु पर्दछ । नेकपालाई एकतावद्ध वनाउन माहाधिवेशनको तय गर्ने र वाकि रहेको विभागहरुलाई टुग्याउने योजनामा केन्द्रति हुन जरुरी देखिएको छ । पार्टी एकताको मुल्य र मान्यताहरु स्थापित गरिनु पर्दछ ।
पछिल्लो समय नेकपामा देखिएको विवादले सिंगो कम्युनिष्ट आन्दोलनमा क्षति पुग्ने खतरावाट रोक्न र जित जितको अनुभूति हुने दस्तावेज निर्माण होस् । शुभकामना ।

 30,011 total views,  2 views today

Related posts