बाल दिवसकाे अवसरमा मावि तह स्तरीय बक्तित्वकला प्रतियाेगिता

जनतापत्र, भाेटेकाेशी ।

राष्ट्रिय बाल दिवसको अवसरमा मंगलबार भोटेकोशी गाउँपालिका शिक्षा शाखाको आयोजनामा माध्यामिक विधालय स्तरीय बक्तित्वकला प्रतियाेगिता सम्पन्न गरेकाे थियाे ।


साे बक्तित्वकला प्रतियाेगिताकाे शिर्षक कोभिड १९ ले विद्यालय शिक्षामा पारेको प्रभाव रहेकाे थियाे । साे कार्यक्रमकाे प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजकुमार पौडेल र विशेष अतिथि गाँउपालिका उपाध्यक्ष दाबुटी शेर्पा लामा र साे गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत भद्र बहादुर बस्नेत हुनुहुन्थ्याे ।

साे बक्तित्वकला प्रतियाेगितामा झिर्पु माध्यमिक विधालयवाट सहभागी विधार्थी ईसाख विक प्रथम भएकी थिईन । त्यसैगरी कोदारी माविवाट सहभागी विधार्थी इमा तामाङले द्धितीय स्थान हासिल गरेकि थिईन भने झिर्पु माविवाट सहभागी विधार्थी अन्जली विकले तृतीय स्थान हासिल गरेकि हुन् ।


त्यसैगरि सान्त्वना स्थान हासिल गर्न सफल भिमसेन माविवाट सहभागी विधार्थी सलिना कार्की, भएकि हुन् ।
साे कार्यक्रममा प्रतियाेगिहरु सहभागिता गराउने सम्पूर्ण विद्यालय परिवार प्रति भोटेकोशी गाउँपालिकाले हार्दिक आभार व्यक्त गरेकाे छ ।

 10,238 total views,  6 views today

Related posts