बलेफी गाउँपालिकाकाे प्रमुख प्रशासकिय भवन शिलान्यास

जनतापत्र,बलेफी । बलेफी गाउँपालिकाकाे प्रमुख प्रशासकिय भवनकाे बुधवार बागले गाउँमा शिलान्यास भएकाे छ ।साे गाउँपालिकाकाे वडा नम्वर ५ काे बागले गाउँमा पालिका अध्यक्ष केदार क्षेत्रीले शिलान्यास गर्नुभएकाे थियाे ।
साे भवन शिलान्यास कार्यक्रमलाई सम्वाेधन गर्दै गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले गाउँपालिकाकाे प्रशाशकिय भवनकाे लागि जग्गा दान गर्नुहुने जग्गादाताहरुलाई धन्यवाद ब्यक्त गर्नुभयाे ।
साथै उहाले ठेकेदार कम्पनीलाई समयमा कार्यसम्पन्न गर्न निर्देशन समेत दिनुभयाे ।

प्रशाशकिय भवन निर्माणकाे लागि १० कराेडकाे टेन्डर अाव्हान भएकाे थियाे । साे भवन निर्माण ठेकेदार कम्पनीले ६ कराेड लागतमा काम सम्पन्न गर्ने गरि सम्झौता गरि काम सुरु गरेकाे छ ।
साे भवन सम्झौता भएकाे मितिवाट १८ महिनामा सम्पन्न गर्नुपर्ने छ ।
प्रशाशकिय भवन शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष केदार क्षेत्री लगायत सम्पुर्ण जनप्रतिनिधि र सहभागीहरुलाई स्थानीयले बेन वाजा वजाएर कार्यक्रम स्थलमा स्वागत गरेका थिए ।

 11,076 total views,  2 views today

Related posts